काठमाडौँः  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ‘समाजवाद किन र कसरी ? को लोकार्पण गरेका छन् ।

विभिन्न ९ जना लेखक तथा संकलकहरुको सामूहिक सङ्कलनको रुपमा तयार पारिएको ‘समाजवाद किन र कसरी ?’ एक समारोहका बीच अध्यक्ष नेपालले लोकार्पण गरेका हुन् ।

सङ्ग्रहको सार्वजनिकीकरण गर्दै अध्यक्ष नेपालले कार्यकर्ताहरुलाई अध्ययनशील र चिन्तनशील हुन भन्दै जनजिविका र जनसरोकारका सवाललाई सम्बोधन गर्न आव्हान गरे । 

समाजवाद अध्ययन केन्द्र धनकुटाले प्रकाशन गरेको उक्त पुस्तकमा पार्टीका सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष घनेन्द्र बस्नेत, महासचिव डा.वेदुराम भुसाल, उपमहासचिव डा. विजय पौडेल, राजनीतिक विश्लेषक हरी रोक्का, कानुनविद् युवराज संग्रौला, विश्लेषक खगेन्द्र प्रसाईँ, केन्द्रीय सदस्य अशेष घिमिरे, धनकुटा जिल्ला अध्यक्ष अर्जुन राई र अनुवादक करुणा पराजुलीका सामग्रीहरू सङ्ग्रहित छन् ।