इटहरीः पछिल्लो समय कोरानाका बिरामीहरु बढेको भन्दै जिल्ला प्रसाशन कार्यालय सुनसरीले सावधानी अपनाउन जिल्लावासीलाई आग्रह गरेको छ ।

मङ्गलबार एक सार्वजनिक सूचना जारी गर्दै जिल्ला प्रशासनले माक्स लगाएर हिँड्न, काम नपरी भीडभाडमा नजान र संक्रमणको शङ्का भए परीक्षण गर्नुका साथै बुस्टर डोज खोप लगाउन समेत आग्रह गरेको छ । सूचनामा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले हस्ताक्षर गरेका छन् ।