इटहरीः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्वउपकुलपति प्रा.डा.राजकुमार रौनियारको ब्रेन ह्यामरेजका कारण मङ्गलबार निधन भएको छ
भारतको कोलकातामा उपचार गराइरहेका रौनियारको उपचारको क्रममा निधन भएको परिवारिक स्रोतले बताएको छ ।
सुनसरीको दुहबी नगरपालिका–५ निवासी प्रा.डा. रौनियार उच्च रक्तचाप तथा मिर्गौला रोगबाट पीडित रहेको परिवारनिकट स्रोतले जनाएको छ । उनका एक छोरा रहेका छन् ।
प्रा.डा. रौनियारको आज बुधबार बिहान ९ बजे उनकै गृहनगर दुहबी–५ बुढी खोलामा दाहसँस्कार गरिने जानकारी दिइएको छ ।