काठमाडौँः अनेरास्ववियुले सरकारी तथा सामुदायिक शैक्षिक सँस्थामा अध्ययन गर्ने विद्यार्थीलाई सबै खालको उपचार सेवामा सहुलियत दिन माग गरेको छ ।
अनेरास्ववियुसम्बद्ध विद्यार्थीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीलाई बुधबार मन्त्रालयमा भेटी विद्यालय तथा क्याम्पसका विद्यार्थीलाई अस्पतालहरुमा ओपीडी सेवा निशुल्क र सबैखाले उपचारमा ५० प्रतिशत सहुलियत सुनिश्चित गर्न माग गरेका हुन् ।
अनेरास्ववियु अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा मन्त्रालयमा गएको टोलीले बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘स्वास्थ्य उपचारबाट कुनै पनि विद्यार्थी वञ्चित हुने अवस्था नबनोस् र यही विषयमा पुनः हामीले आन्दोलन गर्न नपरोस् ।’ अनेरास्ववियुले स्वास्थ्यको मौलिक हक कार्यान्वयन गर्नसमेत माग गरेको छ ।