इटहरीः इटहरी अस्पतालले कोभिड १९ को संक्रमण बढेको भन्दै उच्च सतर्कता र स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट योगेश चेम्जोङले बुधबार एक सूचना जारी गर्दै अस्पतालमा सेवा लिन आउँदा अनिवार्य माक्स लगाउनसमेत आग्रह गरेका छन् । सामाजिक दूरी कायम गर्न, साबुन पानीले हात धुन र मानिसको आवतजावत हुने स्थानमा नजानसमेत अस्पतालले आग्रह गरेको छ ।
रुघाखोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने, शरीर दुख्नेजस्ता समस्या देखिएमा चिकित्सकको सल्लाह लिन र कोभिढ १९ बारे स्वास्थ्य मन्त्रालयको सूचना हेरी आवश्यक सतर्कता अपनाउन अस्पतालले आग्रह गरेको छ । विशेषगरी बालबालिका, जेष्ठ नागरिक, गर्भवति र सुत्केरीलाई सावधानी अपनाउन भनिएको छ ।