इटहरीः गायिका अञ्जु गौतमले ‘बारुली कम्मर’ बोलको नयाँ तीज गीत बजार ल्याएकी छन् । आफ्नै यूटुब च्यानल अञ्जु गौतम अफिसियल बाट आज ५ बजेदेखि सार्वजनिक गरेकी हुन् । 

 रमेश दाहाल शब्दमा अञ्जुको स्वरमा सजिएको तीज गीत फरक सन्देश र स्वाद पाउन सकिन्छ । 


संगीत÷एरेन्ज विपिन आर्चायको रहेको बारुली कम्मर बोलको तीज गीतको  भिडियो निर्देशन÷कोरियोग्राफर  सुमन सागर जंग केसीले गरेका हुन् । प्रवेश पोखरेलले खिचेको तीज गीतमा गायिका अञ्जुकै छोरी मोडल ज्योति खड्का, नृत्यकारद्धय सविता तामाङ,रोमा न्यौपाने र आरजु प्रसाई, रेश्मा भट्टराई लगायतको अभिनय रहेको छ ।  

सबै खालका गीत गाँउने क्षमता राख्ने अञ्जुले यो संगै २ दर्जन भन्दाबढी तीज गीत निर्माण गरि बिभिन्न च्यानलमार्फत सार्वजनिक गरिसकेकी छन्  ।