इटहरीः कोरोना संक्रमण विस्तार हुने क्रम देशभर बढेपछि संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सावधानी अपनाउन सार्वजनिक अपिल जारी गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीद्वारा हस्ताक्षरित सूचनामा भीडभाड हुने सार्वजनिक स्थानमा जाँदा अनिवार्य मास्क लगाउन अपिल गरिएको छ । यसैगरी, संक्रमित बिरामीको उपचार तथा व्यवस्थापनका लागि आवश्यक तयारी गर्न अस्पताल तथा स्वास्थ्य सँस्थाहरुलाई पनि मन्त्रालयले अनुरोध गरेको छ । यसैगरी, कोरोना विरुद्धको खोप नलगाएका तथा बुस्टर डोज लगाउने समय भएका सर्वसाधारणलाई खोप लगाउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

खोपको प्रबन्ध मिलाउन पनि सम्बन्धित निकायलाई सरकारले अपिल गरेको छ । कोभिडसम्बन्धी कुनै जिज्ञासा भए १११५ नम्बरमा सम्पर्क गर्न र चिकित्सकीय परामर्श आवश्यक भए ११३३ मा सम्पर्क गर्न पनि मन्त्रालयले सर्वसाधारणमा अनुरोध गरेको छ । नेपालमा बिहीबार चार सय ३५ जना कोरोना संक्रमित फेला परेका थिए । तीन हजार ५६९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका थिए । अहिले देशभर दुई हजार ५३७ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

hm notice.