इटहरीः ‘छोरीले नी छोराले झैँ अधिकार पाउने 

कहिले होला हाम्रो देशमा राम्रो कानून आउने’ 

माथिका मन छुने शव्द गीतकार गंगा गौतमको हालै सार्वजनिक भएको तीज गीत ‘छोरी’ बाट आएका हुन् । झापाकी गायीका गंगा गौतमको आवाजमा मन छुने यो तीज गीत सार्वजनिक भएको छ । छोरी शीर्षक दिइएको यो गीत मन छुने मात्रै छैन, सन्देशमूलक पनि उत्तिकै छ । छोटो समयमा धेरैको मन जित्न सफल गीतले छोरीलाई पाखा लगाएर छोरालाई काखा गर्ने गरेको समाजको नियतिलाई ओकलेको छ । गीतमा भनिएको छ ‘बर्खामासमा हिलो र मैलो बरिलै गौँथलीले गुण लायो माटैले, जन्मघरमा छोराझैँ बस्न कैले पाउला छोरीको जातैले’ गीतले  छोरीलाई चाहिँ विवाह गरेर अर्काको घर जानैपर्ने समाजको नियमलाई प्रश्न सोधेको छ । सानो हुँदा रिवन बाट्ने अनि पछि ठूलो भएपछि डोरी बाट्नुपर्ने छोरीले हुर्केपछि पराई घर जानैपर्ने नराम्रो सँस्कार फेरे हुँदैन र ? भन्ने सन्देश दिन खोजको छ । 

sushma add.

राजकुमार बगरको संगीत तथा कमल सुरागको संगीत संकलनमा बजारमा सार्वजनिक गरिएको यो गीतमा छोराझैँ छोरीले पनि अधिकार पाउने कानून आउने समयको प्रतिक्षा गरिएको छ । तीज आउँदै गर्दा हरेक वर्ष आउने भड्किला गीतहरुको भीडमा गौतमको यो सन्देशमूलक आवाजले निकै चर्चा बटुलिसकेको छ । त्रिवेणी रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यो गीतमा चर्चित फिल्म निर्देशक तथा निर्मात्री दिपाश्री निरौलासहित कविता आले, कमलकान्त मैनाली, श्रीप्रसाद थापा लगायतका कलाकारले अभिनय गरेका छन् भने बाल कलाकारको रुमा बास्मति केसी र निरुष कार्की छन् । सुमन सागरजङ्ग केसीको निर्देशनमा आएको भिडियोमा सुरेश राउतको सम्पादन रहेको छ भने सहसम्पादकको भूमिकामा उद्धव बुढाथोकी रहेका छन् । यसैगरी, भिडियोको सिनेमाटोग्राफीको काम प्रवेश पोखरेलले गरेका छन् ।