इटहरीः प्रदेश १ जिल्लाहरुमा पनि कोरोना भाइरसको संक्रमण दर बढ्न थालेको छ ।

कोरोना भाइरसको उत्परिवर्तित ओमिक्रोन भाइरस पुनः उत्परिवर्तन भई व्यापक रुपमा संक्रमण हुन थालेको प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रादेशिक मुकाम विराटनगर र अन्य शहरी क्षेत्रमा संक्रमितको संख्यामा उल्लेख्य वृद्धि देखिएको मन्त्रालयको तथ्याङ्क छ ।

अहिले प्रदेशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४०९ छ । तीमध्ये १० जनाको अस्पतालमा उपचार भइरहेको छ । एचडीयू बेडमा आठ र आईसीयूमा दुई संक्रमित उपचाररत छन् । उनीहरूको विराटनगरस्थित कोसी अस्पताल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

sushma add.

प्रदेशभर कोरोना संक्रमितको उपचार गर्न २१ अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा एक हजार ९६ बेडको व्यवस्था गरिएको छ ।

यसैबीच, विराटनगर महानगरपालिकामा रोकिएको स्वाब संकलन र कोरोना परीक्षण सुरु गरिएको छ । शंकास्पद संक्रमितको एन्टिजेन परीक्षण र स्वाब संकलन गर्ने व्यवस्था गरिएको सहरी स्वास्थ्य महाशाखाका प्रमुख डा. विशालकुमार देवले जानकारी दिए ।

प्रदेश–१ मा परीक्षण गरिएका मध्ये ४२.१ प्रतिशतमा संक्रमण पुष्टि हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।