kasturi add.इटहरीः प्रदेश नं. १ का माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राई कोभिड संक्रमित भएका छन् ।

मुख्यमन्त्रीसहित उनका परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीहरूलगायत १६ जनाको मिति २०७९ श्रावण १६ गते पीसीआर परीक्षण गर्दा मुख्यमन्त्री राईसहित तीन जनामा कोभिड संक्रमण देखिएको हो ।

sushma add.

पीसीआर परीक्षण गर्दा मुख्यमन्त्री राईकी पत्नी शोभा पाठक र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राईसहित तीन जनामा कोभिड पोजेटिभ देखिएको छ ।

kasturi add.

मुख्यमन्त्रीसहित तीनै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कोभिड संक्रमणका कारण मुख्यमन्त्री राईको भेटघाटलगायत सबै कार्यक्रम हाललाई स्थगित गरिएको जनाइएको छ ।