इटहरीः रामधुनी नगरपालिकाको झुम्कामा सञ्चालित निजी क्षेत्रको लर्डबुद्र्ध इन्टरनेसनल स्कुलमा उच्च शिक्षा पढ्न चाहनेको आकर्षण बढ्दै गएको छ ।
विज्ञान, व्यावस्थापन र कम्प्युटर साइन्सको पढाइ सञ्चालन गरीरहेको लर्डबुद्धमा एसईईपछि दश जोड दुई पढ्ने बिद्यार्थीको आकर्षण बढेको हो । विद्यालयले सोमबार सञ्चालन गरेको पहिलो चरणको प्रवेश परीक्षामा १२३ जना छात्रछात्रा सहभागि भएका छन् ।
उच्च शिक्षा पढ्ने विद्यार्थीलाई आवश्यक पर्ने खेलका भौतिक सुविधासहित सञ्चालित लर्डबुद्धले कम शुल्कमै झुम्कामा उच्च शिक्षा पढ्न सकिन्छ भने किन बाहिर जाने भन्दै रामधुनी तथा झुम्काका विद्यार्थीलाई लक्षित गरी प्रवेश परीक्षामा सहभागि हुन आग्रह गरेको छ ।
विद्यालयले आगामी २१ गते पुन प्रवेश परीक्षा सन्चालन गर्ने बताएको छ । आगामी प्रवेश परीक्षामा १ सय ७० को हाराहारीमा विद्यार्थीहरु सहभागी हुने आँकलन गरिएको लर्डबुद्धका विकास कार्कीले प्रदेश पोर्टललाई बताए । लर्डबुद्धले प्लस टु का विद्यार्थीलाई लक्षित गर्दै यसै वर्षदेखि आफ्नै क्रिकेट ग्राउण्ड निर्माण गर्दै छ भने बास्केट बलको ग्राउण्ड अघिल्लो वर्ष नै तयारी गरिसकेको छ ।
आफ्नै सुविधासम्पन्न भवनसहित फुटबल, ग्राउण्ड, भलिबल ग्राउण्ड, टेबल टेनिस, ब्याडमिन्टनजस्ता खेलका गतिविधिहरु सञ्चालनमा रहेको लर्डबुद्धका सँस्थापक प्रधानाध्यापक अर्जुनप्रसाद न्यौपाने बताउँछन् ।