इटहरीः पूर्वी नेपालको उदयमान व्यापारी केन्द्रको रुपमा रहेको इटहरी क्षेत्रमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाको अभावलाई परिपूर्ति गर्दै स्थानीय स्तरमा नै गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले यस क्षेत्रका शैक्षिक तथा सामाजिक क्षेत्रमा लामो समय संलग्न भई अनुभव प्राप्त व्यक्तिहरुको संलग्नतामा वि.सं. २०५५ सालमा निजी क्षेत्रमा कस्तुरी उच्च मा.वि. को स्थापना भएको थियो ।

स्थापनाका सुरुकै वर्षदेखि नै विद्यार्थीहरुको अनुशासन र कडा परिश्रम अभिभावकहरुको विश्वास र प्राध्यापकहरुको अथक मेहनतले गर्दा विद्यार्थीहरुले उत्कृष्टता हासिल गर्दै राम्रो नतिजा निकाल्न सफल भए । त्यसैको निरन्तरताको फलस्वरुप अब्बल व्यवस्थापनले गर्दा आज कस्तूरी कलेज माष्टर डिग्री (एमबीएस) सम्म पढाइ हुने यस क्षेत्रको उत्कृष्ट शैक्षिक संस्थाको रुपमा परिचित हुन पुगेको छ । स्थानीय अभिभावकहरुको चाहना र दश जोड दुईको पढाइ सकेका विद्यार्थीहरुको मागबमोजम स्नातक तहको पठन पाठन गर्ने गरी वि.सं. २०५९ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट स्विकृति लिई सेमेष्टर प्रणालीमा आधारित बीबीए कार्यक्रमको सुरुवात गरियो ।

DJI_0425

बीबीए कार्यक्रमअन्तर्गत यस कलेजमा अध्ययनरत विद्यार्थीले २ पटक नेपाल टप गरी गोल्ड मेडल समेत प्राप्त गरिसकेका छन । बीबीए कार्यक्रममा सीमित कोटा भएको तर ंदश जोड दुई तहको पढाइ सकेर निस्कने विद्यार्थी संख्या धेरै हुने भएकोले मागबमोजिम सबैले स्नातक तह यहि पढ्न पाउन् भनी वि.सं. २०६२ सालमा छुट्टै प्रशासनिक संरचना खडागरी त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई कस्तूरी कलेज अफ म्यानेजमेन्ट सुरुवात गरियो जस अन्तरगत बीबीएस र एमबीएस कार्यक्रम सञ्चालित छन् । उच्च शिक्षा अध्ययन गरी सकेर हाम्रा विद्यार्थीहरु स्वदेशकै सफल उद्यमी व्यवसायि बन्नुको साथै नेपाल सरकारका विभिन्न ओहोदाको साथसाथै गैर सरकारी क्षेत्रमा समेत कर्तव्य निष्ठका साथ सेवा प्रदान गरिरहेका छन् ।

उनीहरुको लगनशीलता, मेहनत, परीश्रम र इमान्दारीका कारणले गर्दा पनि यो संस्थाको गरिमा बढ्न गएको छ । उच्च माध्यमिक शिक्षा परीषदको निर्देशन अनुसार दश जोड दुई सञ्चालित उच्च मा.वि.हरुले स्कूलसमेत सञ्चालन गर्नुपर्ने निर्देशनबमोजिम वि.सं. २०६३ सालमा कस्तूरी एकेडेमी स्थापना गरी कस्तूरी सेकेण्डरी बोर्डिङ्ग स्कूल दर्ता गरी छुट्टै भाडाको भवनमा स्कूल सञ्चालन सुरुवात गरियो । गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि इटहरी क्षेत्र र आसपासका अभिभावकहरुले आफना नानीबाबुहरुलाई छिमेकी मूलुक भारतका महङ्गा सहरहरुमा तथा नेपालकै काठमाडौँसम्म पनि लान नपरोस् आफ्नै घरमा राखी पारीवारिक वातावरणमा हुर्कदै ईटहरीमैउच्च स्तरको गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर मिलोस भनी आधुनिक पद्दतीबाट पढाई हुने अन्तराष्ट्रिय स्तरको सुविधायुक्त स्कूल सुरुवात गरिएको छ ।

स्कूललाई व्यवस्थीत गर्न इटहरी ८ स्थीत विद्युत प्राधिकरण कार्यालय छेउमा जग्गा खरीद गरी नयाँ सुविधायुक्त स्कूल भवनको निर्माण गरी पठनपाठन सूचारु गरिएकोछ । उक्त भवनमा पूस्तकालय, कम्प्यूटर ल्याव, विषयगत छुट्टाछुट्टै विज्ञान प्रयोगशाला व्यवस्था गरी दश जोड दुई तहमा विज्ञान संकायसमेत अध्यापन गराउन सुरु गरिएकोछ । विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा सुधार गर्नुको साथसाथै अतिरिक्त कृयाकलापमा समेत दक्षता हासिल गरुन भनी विभिन्न विषयका विषयगत विज्ञ प्रशिक्षकहरु राखी दैनिक २ घण्टा नियमित रुपमा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएकोछ । आगामी दिनमा विभिन्न प्रविधि विषयका कार्यक्रमहरु समेत थप गर्दै विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा गर्ने लक्ष्य राखिएकोछ ।