धरान: धरानमा आखाँसम्बन्धी विशेषज्ञ सेवासहित अस्पताल खुलेको छ ।
बुधबार धरान १० स्थित पुतलीलाइनमा ३ करोड ५० लाखको लगानीमा मञ्जुश्री सुपर स्पेसियालिटी आई केयर सेन्टर प्रा.लि खुलेको हो । मञ्जुश्री पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टरले थप सेवा विस्तार गरेको हो । प्रा.लि.को १ नं. प्रदेशका सभामुख प्रदीपकुमार भण्डारी र धरान उपमहानगरपालिका उपप्रमुख अइन्द्रविक्रम बेघाले संयुक्त रुपमा उद्घाटन गरेका थिए । प्रा.लि. का सञ्चालक विकास खड्काले धरानमा बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाहेक आँखाको विशेषज्ञ सेवा नभएकाले सुरु गरेको बताए ।
उनले मेची अस्पतालका वरिष्ठ चिकित्सकले सेवा दिने बताए । उनले अन्य निजी अस्पतालमा भन्दा ५ देखि १० प्रतिशत कम खर्चमा सेवा दिने बताए । सभामुख भण्डारीले नाफामुखी मात्र नभएर सेवामुखी पनि भएर सेवा उपलब्ध गराउन आग्रह गरे । सुनसरी क्षेत्र नं १ का सांसद जयकुमार राईले स्वास्थ्य सेवा दिनु सरकारको दायित्व भएपनि निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताए । कार्यक्रममा धरान उपमहानगर प्रमुख अइन्द्रवित्रलम बेघा, धरान १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज), एमाले नेता मोतीराज सुनुवार, हर्कराज राईलगायतको उपस्थिति रहेको थियो ।