विराटनगर: रिाट नर्सिगं होम बिराटनगरमा ३९ बर्षिय एक महिलाको पाटेघरबाट ९ किल्लो २ सय ग्राम(९.२ किल्लोग्राम) बिरलै बिरामीमा हुने फाईब्रोड नामक टयुमर शल्यक्रिया गरी निकालिएको छ ।
पथरी शनिश्चरे नगरपालिका वार्ड न ४ स्थायी घर भएकी महिलाको बिराट नर्सिगं होममा डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीको नेतृत्वमा सफल शल्यक्रिया भएको हो । करिब १ घण्टा २० मिनेट लगाएर गरिएको सल्यक्रियामा डाक्टर भानु न्यौपाने, डाक्टर बातसल्य अर्याल, डाक्टर फारिदा खातुन लगायतको टिम सहभागी थियो ।
आफूले ३५ वर्षसम्म पाठेघरको शल्याक्रिया गर्दा यत्रो ठुूलो मासुको टयुमर नदेखेको डा. कार्कीले बताए । सयौँ अपरेसन गरियो तर हेर्दा सामान्य देखिने तर जटिल अनि धोरै ठूलो १० केजी मासुको थुप्रो लिएर ती महिला कसरी यस अस्पतालसम्म आइन् भन्ने कुरा झन् जटिल विषय भएको डा. कार्कीले थपे ।
विगत २ वर्षदेखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित चेक गर्दा सानो ५÷६ सेमी साइजको मासु पलाएको रिर्पोट थियो । कोरोनाको कारणले पुनः उपचार र चेक जाँच गरिएको थिएन । तर पेटमा कुनै समस्या पनि देखा नपरेको बिरामीका आफन्तले बताएका छन् । बिस्तारैबिस्तारै पेट बढ्दै गयो । मोटाएको जस्तो महसुस भएको तर कुनै दुःख अप्ठयारो नभएको हुनाले ठीकै छ भनेर घरमा बसिरहेको हो ।
तर पेट धेरै मोटाएको हुनाले विराट नर्सिगं होममा आएर चेक जाँच गर्दा ३०÷४० सेमी साइजको टयुमर देखा परयो । शल्यक्रिया नगरी अरु उपाए नभएको डाक्टरहरुले बताएपछि यत्रो १० केजीभन्दा बढी मासुको थुप्रो देख्दा छक्कै परेको बिरामी कुरुवा बसेका आफन्तले बताएका छन् ।