इटहरीः आज देशभर ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ७६० जनामा संक्रमण पुष्टि भएको हो । ५ हजार ९२६ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्याङ्कअनुसार दुई हजार ५८९ जनाको पिसिआर र तीन हजार ३३७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

अहिले देशभर ५६०२ जना सक्रिय संक्रमित छन् । आज देशभर ३२४ जना संक्रमित निको भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ ।