धरानः ड्रिम मोडलिङ्ग एजेन्सीको आयोजनामा हुन गइरहेको ‘जुनियर मिस्टर एण्ड मिस धरान, सिजन टु’ को मिस्टर एण्ड मिस ट्यालेन्ट उपाधिको लागि ट्रयालेन्ट राउण्ड सम्पन्न भएको छ ।

धरान १६ सियोन स्कुलको सभाहलमा शनिबार सम्पन्न ट्यालेन्ट राउण्डमा प्रतियोगितामा सहभागी ४५ जना बालबालिकाले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । सहभागी प्रतिस्पर्धाहरुमा बालकतर्फ ७ जना र बालिकातर्फ ३८ जनाले सहभागिता जनाएका छन् ।

ट्यालेन्ट राउण्डमा सहभागिहरुले गायन मार्फत, नृत्य प्रस्तुति, कविता वाचन, अभिनय, पेन्टिङ्ग र वक्तृत्वकलामार्फत् आफ्नो प्रतिभा देखाएका हुन् । उनीहरुमध्ये उत्कृष्टलाई मिस्टर एण्ड मिस ट्यालेन्टको उपाधि विजेता घोषित गरिनेछ । ट्यालेन्ट राउण्डमा गायक डिल्ली फोम्वो, मोडल मेरिना तुम्सा, धरान मेघा कलेजका होटल म्यानेजमेन्ट विभागका कोअर्डिनेटर पोषण श्रेष्ठ, भोजपुरी नायिका मेनुका माझी र नृत्य प्रशिक्षक रिमा थपामगर निर्णायकको रुपमा रहेका छन । उपाधि विजेताको घोषणा प्रतियोगिताको फिनालेको दिन गरिने आयोजक ड्रिम मोडलिङ्ग एजेन्सीका सीईओ  शौरभमान भण्डारीले जनाए ।

20220806_162956

प्रतिस्पर्धामा सहभागीहरुको क्षमता विकासका लागि आयोजकले करिब एक महिना अघिदेखि उनीहरुलाई विभिन्न क्षमता अभिवृद्धि तालिम दिइरहेको सीईओ भण्डारीले बताए । उनीहरुलाई स्टेज पर्फमेन्सको लागि कोरियोग्राफी तालिम, टेबल म्यानर, पब्लिक स्पिकिङ्ग, व्यतिmत्व विकास, डान्सिङ्ग र सिङ्गिङ तालिम, ब्याड टच, गुड टच, एजुकेशनल टुर, सेल्फ डिफेन्स तालिमलगायत प्रशिक्षण दिइरहेको इभेन्ट डाइरेक्टर निश्चल पलिखेले जानकारी दिए ।

20220806_162901

प्रतियोगिताका विजेताले क्राउन, १५ हजार रुपैयाँ नगद, ट्रफी, सर्टिफिकेट, गिफ्ट ह्याम्पर र तीन लाख रुपैयाँ बराबरको लाइफ इन्सुरेन्स प्राप्त गर्नेछन् । यसैगरी। फस्र्ट रनरअपले नगद दश हजार, ्दुई लाख रुपैयाँ बराबरको इन्सुरेन्स, सेकेन्ड रनरअपले नगद ५ हजार, एक लाख रुपैयाँ बराबरको इन्सुरेन्स, ट्रफी, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ । उपाधि विजेताले सिधै जुनियर मिस्टर एण्ड मिस नेपाल भिड्ने अवसरसमेत प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा ७ वर्षदेखि १४ वर्ष सम्मका बालबालिकाहरुले सहभागिता जनाएका छन् । कार्यक्रमको ग्राण्ड फिनाले श्रावण २८ गते शनिबार हुनेछ ।