धरानः चिकित्सा शिक्षा सुधारका लागि लामो समयदेखि पटकपटक सत्याग्रह गर्दै आएका हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण, एक्स रे लगायत आधारभूत स्वास्थ्य सेवाको शुल्क मिनाहा गर्न माग गरेका छन् । ३ सातामा माग पूरा नगरे भदौ १२ गतेदेखि सत्याग्रह सुरु गर्ने उनले घोषण गरेका छन् ।

शुक्रबार डा केसीले पत्रकार सम्मेलन गर्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूको नियुक्ति सच्याउन पनि माग गरेका छन् । उनले ३ हप्तामा मागहरू पूरा नगरे सत्याग्रह बस्ने घोषणा गरेका हु्न् । डा. केसीले भागबण्डाका आधारमा अनियमिमतापूर्वक प्रतिष्ठानमा गरिएका नियुक्ति सच्याउन माग गरेका छन् । साथै प्रतिष्ठानका भ्रष्ट पदाधिकारीकरीलाई बर्खास्त गरी कारबाही गर्न पनि उनले माग गरेका छन् । मुलुकभरका अस्पतालमा बेड सङ्ख्याका आधारमा दरबन्दी बढाउनुपर्ने उनको अर्को माग छ । डा. केसीले जारी गरको विज्ञप्तिमा जनसङ्ख्या वृद्धिअनुसार सरकारी स्वाथ्य केन्द्र र अस्पतालहरूको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि गर्न माग गरिएको छ ।

निःशुल्क औषधिहरु आवश्यक मात्रामा उपलब्ध गराउन, स्थानीय निकायको बजेटको ५० प्रतिशत स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्न, देशभर दीगो स्वास्थ्य सेवा पु¥याउन तथा स्थायी चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गर्न माग गरिएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानको छाता ऐन जारी गर्न, आवश्यक कानूनी व्यवस्था गरी गेटा मेडिकल कलेजलाईं तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन पनि माग गरिएको छ । दाङलगायत मधेस र गण्डकी प्रदेशमा सरकारी मेडिकल शिक्षण अस्पताल निर्माण सुरु गर्न, चिकित्सा शिक्षा ऐनअनुसार २०८० सालसम्म सबै प्रदेशमा सञ्चालन गर्न, यसअघि गरिएका सम्झौताअनुसार इलाम, उदयपुर र डडेल्धुरामा सरकारी मेडिकल कलेज निर्माणको काम अघि बढाउन पनि डा. केसीले माग गर्न गरेका छन् ।

सार्वजनिक पदमा बस्नेहरुको स्वार्थको द्वन्द्व अन्त्य गर्न तत्काल कानूनी व्यवस्था गर्नुपर्ने, प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्डसहित ऐनको व्यवस्था गर्नुपर्ने माग पनि सरकारसँग गरिएको छ । चिकित्सा शिक्षा ऐनबमोजिम विक्रम सम्वत् २०८५ भित्र नेपालमा मेडिकल शिक्षण सँस्थालाई गैरनाफामूलक बनाउने व्यवस्था गर्न पनि उनले माग गरेका छन् । जलवायु परिवर्तनको उच्च जोखिम नेपालमा पर्ने र डिजेल तथा पेट्रोल गाडीको कारण तेल आयातमा देशको खरबाँै मुद्रा बारिहएकाले विद्यतीय यायायातको व्यवस्था गर्न पनि डा. केसीले माग गरेका छन् । ३ सातामा माग पूरा नभए अत्याग्रह बस्ने चेतावनी दिएका डा. केसीले अनसन कहाँ बस्ने भन्नेबारे स्पष्ट पारेनन् ।