इटहरीः थारु समुदायको मौलिक कला तथा सँस्कृति र पराम्परा जोगाउँदै बौद्धिकता तथा सौन्दर्य प्रवद्र्धन गर्ने उदेश्यले मिस्टर एण्ड मिस थारु २०२२ को छनौट गरिने भएको छ । 

जह इन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा पहिलो चरणको अडिसनअन्तर्गत शनिबार रामधुनीको झुम्कामा पनि अडिसन गरिएको छ । झुम्काको अडिसनमा १२ जना सहभागी भएको थारु सँस्कार तथा सँस्कृतिकी अभियन्ता सीता थरुनीले जानकारी दिइन् । शनिबारै  झुम्कासँगै शनिबार नेपालगञ्ज, वीरगञ्ज, चिवनमा एकै पटक अडिसन भएको थियो ।

अडिसनका लागि निर्णायकमा संगीतकार सुनिल चौधरी, अधिकरकर्मी सीता थरुनी, लक्षमी चौधरी र राजीव चौधरीले भूमिका निर्वाह गरेका थिए । प्रतियोगी छनौटका लागि साउन २४ गते विराटनगर, लाहान र कैेलालीको टिकापुरमा अडिसनको आयोजना गरिनेछ । बुटवल, दाङ र काठमाडौँमा समेत अडिसन गरिने आयोजकले बताएका छन् ।

292337169_309714354662903_2313986147621994444_n

साउन २८ सम्मको अडिसनबाट छनौट भएका प्रतियोगीहरु काठमाडौँमा हुने फिनालेका लागि सहभागी हुन पाउनेछन्  । प्रतियोगिताको अन्तिम फेनाले भदौ २५ गते हुने आयोजकले जनाएको छ । मिस्टर एण्ड मिस थारु स्वच्छ रुपमा कला, सँस्कृति, सौन्दर्य र प्रतिभालाई उठान गरी प्रवद्र्धन गर्ने जह इन्टरटेनमेन्ट प्रा.लि.को भनाइ छ ।

प्रतियोगिताका प्रथम विजेताले ५० हजार नगद, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ नगद र अन्य उपहार प्रदान गर्ने आयोजकले बताएका छन् । थारुहरुको सँस्कार र सँस्कृतिको संरक्षण गर्ने हिसाबले यो प्रतियोगिता सन् २०१७ देखि सुरु गरिएको हो । पहिलो सँस्करणको मिस्टर थारु चन्दन चौधरी र मिस थारु जेनिशा चौधरी भएका थिए ।

295493975_628136745178168_64876036685767727_n

२०१८ को मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भए । त्यस्तै, २०२१ मा भएको तेसो सँस्करणको मिस्टर थारुको उपाधि प्रशान्त हुजÞदार र मिस थारुकोे उपाधि लिमा थारुले जितेका थिए । २०२२ को विजेता को हुन्छ भनेर जान्न भने भदौ २५ कुर्नेपर्ने भएको छ ।