धरानः लायन्स क्लब अफ धरान पञ्चकन्याले लायन्स क्लब अफ नेपालको ५२ औँ स्थापना दिवस सामाजिक कार्य गरेर मनाएको छ ।

धरान पञ्चकन्याले धरानका विभिन्न पाँच वटा विद्यालय र सामाजिक सँस्थाका विद्यार्थीहरुलाई स्टेशनरी समानहरु वितरण गरेर स्थापना दिवस मनाएको हो । पञ्चकन्याले धरान १७ स्थित सयपत्री बाल विकास केन्द्र, दन्तकाली स्कुल धरान १४, नेपाल बसोबास बस्ती संरक्षण समाज, धरान पोजिटिभ समुह र गृह श्रमिक महिला ढाका उद्यमी समाज नेपालको मातहतमा रहेका विद्यार्थीहरुलाई सहयोग हस्तान्तरण गरेको छ ।

20220810_091606

क्लबले दुई हजार ५ सय थान कापी र अन्य स्टेशनरी समान प्रदान गरेको हो । लायन्सको “जहा आवश्यकता, त्यहा लायन्स” सिद्धान्तलाई अपनाउँदै नेपालमा लायन्स क्लबको स्थापना भएको ५२ औँ वर्ष पुगेको अवसरमा समाजिक कार्य गरेर स्थापना दिवस मनाइएको लायन्स धरान पञ्चकन्याका अध्यक्ष एकता श्रेष्ठले बताइन् । सहयोग सामग्री कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रि«क गर्भनर लायन्स धिरज गुरुङ्ग पिएमजीएफ, फस्ट लेडी लायन्स रेखा गुरुङ्ग, एरिया चिफ लायन्स कविता लिब”, युवा व्यवसायी सम्राट श्रेष्ठ लगायतले वितरण गरेका थिए ।