इटहरीः एसईईको पढाइ सकेपछि होटल म्यानेजमेन्टको पढाइ रोज्ने विद्यार्थीको संख्या तुलनात्मक रुपमा बढेको पाइएको छ । 

चाँडै पढ्ने र पढ्दै व्यावहारिक ज्ञानसमेत लिन सकिने भएको हुँदा होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीको संख्या बढेको सुनसरीको इटहरीस्थित होटल प्रिमियर स्कुल अफ होटल म्यानेजमेन्ट बताउँछ । 

विद्यार्थीलाई आवश्यक पर्ने व्यवहारिक र सैद्धान्तिक ज्ञान दुवै पाउने भएकाले पनि होटल म्यानेजमेन्टलाई विद्यार्थीले पहिलो रोजाइ बनाएको पाइन्छ । 

झनै पढाइसँगै विश्व बजारमा सहजै बिक्ने जनशक्ति उत्पादन हुने भएकाले विद्यार्थीहरुको पहिलो रोजाइ होटल म्यानेजमेन्ट भएको प्रिमियर स्कुल अफ होटल म्यानेजमेन्टका प्रिन्सिपल सुवास लुइँटेल बताउँछन् ।

इटहरीमा म्यानेजमेन्ट विषयमा पठनपाठन सञ्चालन गरिरहेका इटहरीका कलेजहरुमा समेत प्रिमियरले आफ्नो फरक स्थान राखेको पाइन्छ ।  

पठनपाठनका साथै अतिरिक्त तालिमहरूसमेत प्रदान गर्ने भएकाले पनि प्रिमियरमा विद्यार्थीहरूको आकर्षण बढ्दै गएको प्रिमियर ग्रुपका प्रमुख कार्यकारी अधिकृत सुनिल भुसालको भनाइ छ । 

कलेजले व्यवहारिक र सैद्धान्तिक शिक्षालाई जोड दिँदै र सामान्य शिक्षाभन्दा पनि सीपमूलक शिक्षा आवश्यक भएकाले त्यहीअनुसार पठनपाठन गरिने भुसालले प्रदेश पोर्टललाई बताए  । 

प्रिमियरले आफ्ना विद्यार्थीहरुलाई डिजिटल माध्यमको प्रयोग गरेर पढाइ सञ्चालन गर्ने गरेको छ भने पढाइका अलावा अतिरिक्त क्रियाकलापसमेत गर्ने गरेको छ  ।

प्रिमियरमा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ट्र«ाभल–टुरिजम लगायतका विषयहरूमा पठनपाठन हुने गरेका छन् । 

आफ”हरुले  विद्यार्थीको संख्या धेरै बनाउनेभन्दा पनि सीमित विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य लिएर सीमित सिटमा मात्रै भर्ना लिएको सीईओ भुसालले बताए । प्रिमियरले एउटा कक्षामा ३० जना मात्र विद्यार्थी राखेर पढाउने गरेको छ 

होटल म्यानेजमेन्ट पढ्ने  विद्यार्थीहरूलाई काठमाडौँ, पोखरा लगायतका स्थानका क्लोज क्याम्प तथा पाँच तारे होटलहरूमा अवलोकन भ्रमण र विदेशका चलेका पाँच तारे होटलहरुमा इन्टर्नसिपको व्यवस्था कलेजले गर्ने गरेको छ । 

पर्यटनकर्मी उत्पादनमा अग्रणी स्थानमा देखिएको यो कलेजले उत्पादन गरेका विद्यर्थीहरु विश्वका धेरै देशका पाँच तारे होटलमा राम्रो दख्खलका साथ आयआर्जन गरिरहेको कलेज बताउँछ ।