इटहरीः इटहरीको मकालु मेडिकल हलले ओपीडी र ल्याबसहितको विशेषज्ञ सेवा यही साउन महिनाबाट सुरु गरेको छ । 

विशेषज्ञ सेवाअन्तर्गत मेडिकलले पाटन अस्पतालका मानसिक रोग विभागका प्रमुख तथा मानसिक रोग विशेषज्ञ निदेश सापकोटाले इटहरीमा सेवा दिने भएका छन् । 

298141651_472584428012674_754304026288168563_n

यो साउन महिनामा २८ गते शनिबार र हरेक महिनाको १ दिन प्रा डा निदेश सापकोटाको सेवा इटहरीको धरान रोडमा रहेको मकालु मेडिकल हलमा रहने मेडिकल सञ्चालक सञ्जीव खड्काले बताए । 

बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा मानसिक रोगको विभागीय प्रमुखको जिम्मेवारी निभाइसकेका डा सापकोटा १७ वर्षदेखि सेवामा छन् । 

२०७२ सालबाट फार्मेसी सेवा सुरु गरेको मकालु मेडिकल हलले अब भने सुगर तथा छाला रोगको विशेषज्ञ सेवासमेत सुरु गरेको छ । अहिले आफूहरुसँग दैनिक ओपीडी सेवाको साथमा ल्याब र फार्मेसीसमेत रहेको खड्काले जानकारी दिए ।