धरानः बालबालिकाको क्षमता अभिवृद्धि तथा नेतृत्व विकासमा सहयोग पुर्याउने उद्देश्यले मोडलिङ्ग एजेन्सीको आयोजनामा हुन गइरहेको जुनियर मिस्टर एण्ड मिस धरान, सिजन  टु को ग्राण्ड फिनाले श्रावण २८ गते शनिबार हुने भएको छ ।

पुतलीलाइनमा रहेको ज्वाइँ खानाको हलमा बिहीबार पत्रकार सम्मेलनको अयोजना गरी आयोजकले ग्राण्ड फिनाले कार्यक्रमको विषयमा पत्रकारहरुलाई जानकारी गराएका छन् । प्रतियोगितामा सात जना बालक र ३७ जना बालिका गरी ४४ जना बालबालिकाले सहभागिता जनाएका छन् ।  

प्रतिस्पर्धामा सहभागीहरुको क्षमता विकासका लागि आयोजकले करिब एक महिना अघिदेखि उनीहरुलाई विभिन्न क्षमता अभिवृद्धि तालिम दिइरहेको छ । उनीहरुलाई स्टेज पर्फमेन्सको लागि कोरियोग्राफी तालिम, टेबल म्यानर, पब्लिक स्पिकिङ्ग, व्यातिmत्व विकास, डान्सिङ्ग र सिङ्गिङ तालिम, ब्याड टच, गुड टच, एजुकेशनल टुर, सेल्फ डिफेन्स तालिमलगायत प्रशिक्षण दिइरहेको आयोजक ड्रिम मोडल एजेन्सीका सीईओ सौरभमान भण्डारीले जानकारी दिए ।

प्र्रतियोगिताका विजेताले क्राउन, १५ हजार रुपैयाँ नगद, ट्रफी, सर्टिफिकेट, गिप्mट ह्याम्पर र तीन लाख रुपैयाँ बराबरको लाइफ इन्सुरेन्स प्राप्त गर्नेछन् । त्यसैगरी, फस्र्ट रनरअपले नगद दश हजार, ्दुई लाख रुपैयाँ बराबरको इन्सुरेन्स, सेकेन्ड रनरअपले नगद ५ हजार, एक लाख रुपैयाँ बराबरको इन्सुरेन्स, ट्रफी, प्रमाणपत्र र गिप्mट ह्याम्पर प्राप्त गर्नेछन् । उपाधि विजेताले सिधै जुनियर मिस्टर एण्ड मिस नेपाल भिड्ने अवसरसमेत प्राप्त गर्ने कार्यक्रम संयोजक निश्चल पलिखेले बताए । प्रतियोगितामा ७ वर्षदेखि १४ वर्ष सम्मका बालबालिकाहरुले सहभागिता जनाएका छन् । कार्यक्रमको ग्राण्ड फिनाले १३ जिरो पोइन्टस्थित धरान ब्याङ्क्वेटमा हुनेछ ।