इटहरीः रामधुनी प्याब्सनले आयोजना गरेको अन्तरविद्यालय लोक नृत्य प्रतियोगितामा झुम्काको आरम्भ विद्या मन्दिरले प्रथम स्थान हासिल गरेको छ । 

जिल्लास्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा छनौट गर्नका लागि शनिबार रामधुनी प्याब्सनले आयोजना गरेको रामधुनी नगरपालिका भरिका निजी विद्यालयस्तरीय प्रतियोगितामा आरम्भले प्रथम स्थान हासिल गरेको हो । समुह तयारी नभएका कारण नगरको प्रतिनिधित्व गर्ने समुहको छनौटमा तीन वटा विद्यालयले मात्र सहभागिता जनाएको रामधुनी प्याब्सनका सचिव हरिबहादुर रायमाझीले बताए । 

298527110_826343878348780_5830977069195642838_n

रामधुनी नगरको प्रतिनिधित्व गर्दै जिल्लास्तरीय नृत्य प्रतियोगितामा छनौट हुनका लागि रामधुनी नगरपालिका वडा नम्बर ५ कै लक्ष्मी मेमोरियल स्कुल, युनिक एकेडेमी र आरम्भले सहभागिता जनाएकोमा आरम्भले प्रथम स्थान ल्याएको हो भने लक्ष्मी मेमोरियलले द्वित्तीय र युनिक एकेडेमीले तृतीय स्थान हासिल गरेका थिए । 

अन्तरविद्यालय प्रतियोगितामा प्रथम, द्वित्तीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई रामधुनी नगर प्याब्सनका अध्यक्ष अच्युत ढकालले मेडल प्रदान गरे भने प्रथम स्थान हासिल गर्ने विद्यालयलार्य ट्र्रफीसमेत प्रदान गरे । कार्यक्रममा नृत्य प्रस्तुतिको आधारमा निर्णायक नगेन्द्र राईले नजिता सार्वजनिक गरेका थिए । निर्णायक राईले नृत्य निर्देशकलाई आगामी दिनमा सुधार गर्नुपर्ने कमजोरीहरुसमेत औँल्याए । 

298359645_1507474423007948_4599883645848416866_n

रामधुनी नगर प्याब्सनका डेभिड बिष्टले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा रमेश कार्की, अतिथिहरुमा प्रदेश प्याब्सनका सदस्य उमेश थापा, सहभागी विद्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रम रामधुनी प्याब्सनका अध्यक्ष अच्युत ढकालको सभापतित्वमा सम्पन्न भएको थियो ।