इटहरीः धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऋण मात्र १ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । प्रतिष्ठानका नवनियुक्त रजिष्ट्रा्रर स”र्यप्रसाद संग्रौलाले श्वेतपत्र जारी गर्दै प्रतिष्ठान ऋणात्मक रहेको जानकारी गराएका छन् ।
रजिष्ट्र्रार संग्रौलाले कुल १ अर्ब ४१ करोड रकम बराबर प्रतिष्ठान ऋणात्मक अवस्थामा रहेको बताएका हुन् । आर्थिक चलखेलले ग्रस्त भएको प्रतिष्ठानमा नयाँ रजिष्ट्रार आएसँगै श्वेतपत्र जारी गरी आर्थिक अवस्था बाहिर ल्याएका हुन् । आर्थिक अवस्था नाजुक भएका कारण अस्पताल सञ्चालन, परीक्षाको कार्यक्रम र अत्यावश्यक सेवाबाहेक शिक्षक कर्मचारीले पाइराखेको सुविधासमेत स्थगित गर्नुपरेको श्वेतपत्रमा उल्लेख छ । यसै कारणले प्रतिष्ठानका विशेषज्ञ र अनुभवी चिकित्सक एवं प्राध्यापकहरुमा निराशा उत्पन्न भई पलायन हुने अवस्था सृजना भएको पनि रजिष्ट्र«ार संगौलाले उल्लेख गरेका छन् ।
प्रतिष्ठानको पछिल्लो ४ आर्थिक वर्षको आयव्यय पनि सार्वजनिक गरेका रजिष्ट्र«ार संगौलाले आर्थिक रुपमा विकराल अवस्थामा पनि सँस्था कसरी बाँचेको छ भनेर सम्बन्धित निकाय र सर्वसाधारणलाई जानकारी दिन श्वेतपत्र जारी गरेको जनाएका छन् । प्रतिष्ठानका अनुसार विगत २ वर्षदेखि प्रतिष्ठानको आम्दानी १ अर्बभन्दा धेरैले घटेको छ ।
आर्थिक वर्ष २०७५–७६ मा ५८ करोड ६६ लाख रुपैयाँ बचत भएकोमा आर्थिक वर्ष २०७६–७७ मा कोभिड महामारी सुरु भएपछि प्रतिष्ठानको आम्दानीलाई पनि असर गर्न थालेको थियो । उक्त आर्थिक वर्षमा प्रतिष्ठानको अवस्था २९ करोड ४३ लाख ऋणात्मक भएको थियो । अन्तरिक आय र नेपाल सरकारबाटसमेत गरी २ अर्ब १९ करोड ८५ लाख आम्दानी गरेको प्रतिष्ठानले उक्त वर्ष सञ्चालन खर्चतर्फ २ अर्ब ४९ करोड २८ लाख रुपैयाँ खर्च गरेको थियो ।
यसैगरी, आर्थिक वर्ष २०७७–७८ मा प्रतिष्ठान ९१ करोड ४३ लाख रुपैयाँ ऋणात्मक अवस्थामा पुगेको थियो । कोभिड महामारीकै कारण उक्त वर्ष आम्दानी १ अर्ब ९१ करोड ६ लाखमा खुम्चिएको थियो । सो वर्षको सञ्चालन खर्च भने २ अर्ब ८२ करोड ४९ लाख रुपैयाँ पुगेको थियो ।
यस्तै, आर्थिक वर्ष २०७८–७९ मा पनि प्रतिष्ठानको आर्थिक अवस्था ४१ करोड ऋणात्मक रहेको छ । यो वर्ष कुल आम्दानी २ अर्ब ७१ करोड ४४ लाख पुगेपनि सञ्चालन खर्च वृद्धि भएर ३ अर्ब १२ करोड ४४ लाख पुगेको छ । प्रतिष्ठान स्वायत्त निकाय भएकोले तलब र भत्तासहित सञ्चालन खर्च आफँैले व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
सरकारले विगतको अनुपातमा प्रतिष्ठानलाई सहयोग गर्ने बजेट क्रमशः घटाउँदै जानु, सेवा विस्तारसँगै जनशक्ति थप गर्नुपर्ने र समयाअनुकुल शिक्षक, कर्मचारीहरुको तलब तथा सुविधा वृद्धि गर्नुपर्दा प्रतिष्ठानको व्ययभार बढ्दै गएको बताइएको छ ।
शिक्षक र कर्मचारीहरुले इमान्दारीप”र्वक पारदर्शिताका साथ काम गर्न आवश्यक भएको रजिष्ट्र्रार संगौलाले औल्याएका छन् । उनले राजनीतिक दल, समाज, स्थानीय, प्रदेश र संघीय सरकार सबैबाट सकरात्मक सोच राखेर सहयोगको अपेक्षा गरेका छन् ।