इटहरीः प्रेस चौतारी इटहरी नगर कमिटीले पत्रकारितामा लाग्दै गरेकाहरुका लागि फोटोसप र भिडियो मिक्सिङ्गसम्बन्धी सात दिने आधारभूत तालिम बिहीबारबाट इटहरीमा सुरु गरेको छ । 

मल्टिमिडिया र सूचना प्रविधिको ज्ञानबिना अबका दिनमा पत्रकारिता गर्न नसकिने भन्दै फोटोसप र भिडियो मिक्सिङ्गसम्बन्धी आधारूत तालिम ल्याएको प्रेस चौतारी इटहरी नगर कमिटीका अध्यक्ष रेवती निरौलाले बताए । बिहीबार भएको उद्घाटन सत्रमा बोल्दै निरौलाले अबको पत्रकारिता मल्टिमिडियाको ज्ञानबिना असम्भव भएको बताउँदै उपलव्धिमुलक सिकाइ गर्न सहभागीलाई अनुरोध गरे ।

 299296249_1494747640964676_586638563022779093_n

इटहरी उपमहानगरपालिका वडा नम्बर ९का वडाध्यक्ष जितेन्द्र थापाको प्रमुख आतिथ्यमा सुरु भएको तालिममा २० जना पत्रकारहरुको सहभागिता रहेको छ । इटहरीको ब्रिटिस एजुकेसनको सभाहलमा सञ्चालन भइरहेको तालिममा विसप ताम्राकार, हिमाल दाहाल तथा ब्रिटिस एजुकेसनका आईटी इन्चार्ज हेमनारायण राजवंशीले फोटोसपसम्बन्धी र दीपेश खतिवडा र कृष्णचन्द्र सुवेदीले भिडियो मिक्सिङ्गसम्बन्धी विषयमा सहजीकरण गर्ने आयोजक सँस्थाले जानकारी दिएको छ ।

उद्घाटन सत्रको कार्यक्रममा बिहीबार पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौला, प्रेस युनियन सुनसरीका सचिव विवेक भटराई, प्रेच चौतारीका प्रदेश तथा जिल्ला कमिटिका पदाधिकारीहरु तथा ब्रिटिस एजुकेसनका अध्यक्ष नरेन्द्र दंगाल लगायतका अतिथिहरुको सहभागिता रहेको थियो । तालिम कार्यक्रम भदौ ८ गतेसम्म दैनिक ३ घण्टा सञ्चालन हुने आयोजकले बताएका छन् ।