धरानः तहरहा–तीनकुने सडक निर्माण सडक तीव्र रुपमा निर्माण गर्न दवाव स्वरुप नेपाल बसोबास बस्ती संरक्षण समाजले साङ्केतिक चक्काजाम गरेको छ ।

६ गतेसम्म निर्माण कार्य तीव्र रुपमा सुरु नगरे ठेकेदार कम्पनीको कार्यालयमा तालाबन्दी गर्नुका साथै परियोजनामा धर्ना दिने समाजले जनाएको छ । शुक्रबार समाजले तीनकुनेमा १० मिनेट सवारीसाधन चक्काजाम गरेको हो । समाजका नगर सचिव सुवास राईले दैनिक सयौँ यात्रु तथा यातायात मजदुरहरुले सास्ती ब्यहोर्दै आएकाले तीव्र निर्माणका लागि दबाबस्वरुप चक्काजाम गरेको बताए । समाजका अध्यक्ष कुमार कार्कीले ठेकेदार कम्पनीले सडक भत्काई निर्माण कार्य ढिाले गरेकाले चाँडो निर्माणका लागि चक्काजाम गरेको बताए । उनले भने, ‘निर्माणाधीन सडकमा आवातजावत गर्न २ जोर कपडा अनिवार्य भएको छ । तरहरा पुगेर आउँदा सवारीसाधन बनाउनुपर्ने हुन्छ ।’ साथै सडकमा दुर्घटना पनि वृद्धि भएको बताउँदै उनले भने, ‘धनजनको क्षति र ज्यानको जिम्मा कसले लिने?’

299712841_577546394051220_222555093217519547_n

उनले ६ गतेसम्म निर्माण कार्य सुरु नगरे ठेकेदार कम्पनीको कार्यालयमा ताला लगाउने र परियोजनाको कार्यालयमा धर्ना दिने बताए । राईले परियोजनाको कार्यालयले दिएको तथ्याङ्कअनुसार होमदङ प्यासिफिक जेबी कन्स्ट्रक्सनले २०७७ असार ५ गते सम्मझौता गरेको थियो । सम्झौताअनुसार २०८० असार ४ गते निर्माण सम्पन्न गर्नु पर्ने हो । अब १० महिना मात्र समय बाँकी रहेको छ । होमदोङ जेवीले निर्माण गर्ने सडकको सरकारी लागत इस्टिमेट ७८ करोड ९८ लाख २५ हजार ९ सय रुपैयाँ रहेको थियो । होमदोङले जम्मा ५० करोड ३७ लाख २३ हजार ५४६ रुपैयाँमा सम्झौता गरेको थियो । हालसम्म १२ करोड १० लाख ८ हजार ४ सय ३० रुपैयाँ निकासा दिएको छ । यस्तै, रौताह कन्स्ट्रक्सनले पनि सोही मितिमा ३९ करोड ५९ लाख ७३ हजार ६ सय ९३ रुपैयाँमा सम्झौता गरेको थियो भने सरकारी लागत इस्टिमेट ५६ करोड ३१ लाख ५२ हजार ७ सय २५ रुपैयाँ रहेको थियो ।

कन्स्ट्र«क्सनले हालसम्म १६ करोड ७१ लाख ७९ हजार ३२ रुपैयाँ निकासा गरेको छ । समाजले सो सडकखण्डको सेउती खोला पुल निर्माणको ठेक्का हिराचन निर्माण जेवीले पाएको बताएको छ । जेवीले २०७८ असार १० गते २०७९ माघ ९ गते सम्पन्न गर्नेगरी ४ करोड ९० लाख ४१ हजार ९ सय ६५ रुपैयाँमा सम्झौता गरेको जनाएको छ । यस्तै, नेपाली काङ्ग्रेस धरान नगर समितिले पनि सडक निर्माण चाँडो गर्न दबाब दिंँदै विज्ञप्ति जारी गरेको छ । समितिका सचिव तथा प्रवक्ता जितेन्द्र राईले विज्ञप्ति जारी गर्दै सडक निर्माण ढिलो हुँदा जनताले सास्ती ब्यहोर्नु परेको र  सडक दुर्घटना पनि बढेको जनाएका छन् ।  विज्ञप्तिमा सडक निर्माण कार्य चाँडोभन्दा चाँडो अगाडि बढाउन पनि माग गरिएको छ । जोगवनी किमाथांका सडक राष्ट्रि«य गौरवको आयोजना र आर्थिक क्षेत्रमा विशेष योगदान दिने किसिमको सडक भएपनि निर्माण कार्यमा भइरहेको ढिलासुस्ती र लापरबाहीले राष्ट्र«को शिर निहुरिएको विज्ञप्तिमा उल्लेख छ ।