इटहरीः इटहरीस्थित इटहरी नमुना कलेजले सुनसरीको प्रकाशपुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
प्रकाशपुरस्थित डोभर स्कुलमा शनिबार आयोजना गरिएको स्वास्थ्य शिविरमा झण्डै पाँच सय जना बिरामी लाभान्वित भएको बताइएको छ । इटहरीस्थित इन्खा एकीकृत अस्पताल र पूर्वाञ्चल डेन्टल क्लिनिकको संयुक्त सहकार्य तथा बराहक्षेत्र नगरपालिका वडा नम्बर १० को समन्वयमा भएको स्वास्थ्य शिविरमा बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीको समेत उपस्थिति रहेको थियो ।
यसैगरी, बराहक्षेत्र नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष तेज गुरुङ तथा स्थानीय बाल क्लबका प्रतिनिधि सहितको उपस्थिति रहेको र उल्लेख्य सहभागिता रहेको इन्खा एकीकृत अस्पताल इटहरीका डा. खगेन्द्र ओलीले जानकारी दिए ।
ओलीका अनुसार स्वास्थ्य शिविरमा आएका सम्पूर्णलाई इन्खा एकीकृत अस्पतालमा उपचारका लागि आए विशेष छुटमा उपचार गरिनेछ । शिविरमा एलोप्याथी, होमियोप्याथी, दन्त जाँच तथा आँखा जाँच गरिनुका साथै रगत जाँचसमेत गरिएको आयोजकले जानकारी दिएका छन् ।