इटहरीः निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन (प्याब्सन) इटहरीको को आयोजनामा ह’न लागेको अन्तरविद्यालय नृत्य प्रतियोगितामा सुनसरी जिल्लाबाट झुम्काको आरम्भ विद्या मन्दिरसहित तीन वटा विद्यालयले भाग लिने भएका छन् । 

शनिबार भएको जिल्लास्तरीय नृत्य प्रतियोगितामा सुनसरी जिल्लाका ६ वटा स्थानीय तहबाट नगरस्तरीय प्रतियोगितामा उत्कृष्ट भएका तीन विद्यालयले सुनसरी जिल्लाको प्रतिनिधित्व गर्दै प्रदेशमा प्रतिस्पर्धा गर्ने भएका हुन् । 

जिल्लास्तरीय प्रतियोगितामा जीवनज्योति प्रथम, रामधुनी नगर प्याब्सनबाट उत्कृष्ट भएको झुम्काको आरम्भ विद्यामन्दिर द्वित्तीय र  हिमशिखर बोर्डिङ्ग स्कुल तृतीय भएको थियो । प्रतियोगितामा प्रथम द्वित्तीय र तृतीय हुने विद्यालयले प्रदेश १ भरिबाट छानिएर आएका विद्यालयसँग प्रतिस्पर्धा गर्न प्रदेश छनौटमा सहभागिता जनाउने भएका हुन् । 

अघिल्लो हप्ता भएको नगरस्तरीय प्रतियोगितामा प्रथम भएको आरम्भ विद्या मन्दिरका नृत्य निर्देशक प्रवीण मगर अब लगत्तै प्रदेश छनौटको लागि प्रशिक्षण सुरु गर्ने बताउँछन् । आरम्भका विद्यार्थीहरु चाँडो सिक्न सक्ने भएकाले प्रदेश छनौटको लागि छोटो समयमै तयार गर्न सकिने प्रवीणको भनाइ छ । 

300371005_1121178215206438_2108770133693759134_n

प्रवीणकै प्रशिक्षणमा आरम्भले लोक नृत्य प्रतियोगितामा विभिन्न पुरस्कार प्राप्त गरिसकेको बताएको छ । प्रदेशभरिका विद्यालयबाट उत्कृष्ट नृत्य प्रस्तृत गर्ने विद्यालयले प्रदेश  नम्बर १ को प्रतिनिधित्व गर्दै राष्ट्र्रिय स्तरको प्रतियोगितामा पुग्ने आरम्भ विद्या मन्दिरका पधानाध्यापक बिमल बराल बताउँछन् । 

आफ”हरुले विद्यालयमा पढाइसँगै अतिरिक्त गतिविधिमा पनि विद्यार्थीलाई उत्तिकै शिक्षण र हौसला दिएका कारण नृत्यमा जिल्लाको प्रतिनिधित्व गर्न पाएको आरम्भका अनिस उप्रेतीले जानकारी दिए । 

आरम्भ विद्या मन्दिरकी छात्रा स्मृति कोइरालाले शुक्रबार भएको रामधुनी नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा तृतीय स्थान हासिल गर्दै जिल्लास्तरीय प्रतियोगिताको लागि छनौट भएको रामधुनी प्याब्सनका सचिव हरिबहादुर रायमाझीले बताए । स्मृतिले सामाजिक सञ्जालले विद्यार्थीमा पारेको असर विषयमा आफ्नो वक्तव्य प्रस्तुत गरेकी थिइन ।