इटहरीः एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेज इटहरी शाखाले विदेश पढ्न चाहने विद्यार्थीहरुलाई लक्षित गरेर आगामी भदौ ८ गते अगष्ट २४ तारिखमा एक्सपर्ट ग्राण्ड एजुकेसन फेयर २०२२ को आयोजना गर्ने भएको छ ।
विगतका वर्षहरुमा झैँ यस वर्ष पनि एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजले नेपालका प्रमुख शहरहरुमा ‘एक्सपर्ट ग्रान्ड एडुकेसन फेयर २०२२ अगष्ट’ आयोजना गर्न लागेको र इटहरीमा भदौ ८ गते बुधबार आयोजना हुने सर्भिसेजका इटहरी प्रबन्ध निर्देशक कमल तिमल्सिनाले बताए ।
एक्सपर्टले सोमबार इटहरीको गोरखा होटलमा पत्रकार सम्मेलनको आयोजना गर्दै विदेश अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थी र अस्ट्रेलिया, क्यानडा, युके र अमेरिकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिसँग जोड्न एक्सपर्ट ग्राण्ड एजुकेसन फेयरको आयोजना गर्न लागिएको बताएको छ ।
विगतका वर्षहरुमा पनि एक्सपर्टले विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई परामर्श प्राप्त गर्न सहज होस् भनेर विभिन्न फेयर तथा सेमिनारहरु आयोजना गर्ने गरेको बताउँदै यस्ता कार्यक्रमहरुबाट हजारौं विद्यार्थीहरु लाभान्वित भएको आयोजकले उल्लेख गरेका छन् ।
एक्सपर्टले मुख्यतया वैदेशिक अध्ययनका लागि प्रमुख गन्तव्यको रुपमा रहेका राष्ट्र«हरु अस्ट्रेलिया, क्यानडा, युके र अमेरिकामा नेपाली विद्यार्थीहरुलाई पठाउने गरेको बताएको छ ।
अस्ट्रेलियामा भएका सरकारी तवरका ३८ वटा युनिभर्सिटीमध्ये २८ वटा युनिभर्सिटीमा आफ”हरुको सम्बन्धन प्राप्त भएको र एक्सपर्टले विगत १९ वर्षदेखि सेवा प्रदान गरिरहेको सर्भिसेजका भुवन पाण्डेले जानकारी दिए ।
अस्ट्रेलियाको शिक्षा नीति राम्रो भएको साथै १ सय ९० देशका मानिस अस्ट्रेलियामा पढ्का लागि आउने बताउँदै पाण्डेले त्यहाँको शिक्षा नीतिले २ वर्ष पढाइ सकेपछि थप ४ वर्षसम्म पढ्न र काम गर्न अनुमति पाइने भएकाले नेपाली विद्यार्थीको पहिलो रोजाइ अस्ट्रेलिया बन्ने गरेको बताए ।
एक्सपर्टले नेपालभरि र अस्ट्रेलियामा पनि सेवा प्रदान गरिरहेको बताउँदै पाण्डेले इटहरीमा पाएको सर्भिस अस्ट्रे«लियाको सिड्नीमा पनि पाउन सकिने बताए ।
नेपालका प्रमुख २१ शहरहरु तथा विश्वका १३ देशका ५० भन्दा बढी शहरहरुमा शाखाहरु सञ्चालनमा रहेको एक्सपर्टले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई विगत दुई दशकदेखि आधिकारीक र विश्वसनीय परामर्श प्रदान गर्दै आएको दाबी गरेको छ ।
बुधबार आयोजना गर्न लागेको एजुकेसन फेयरमा ५०० देखी १००० विद्यार्थी आउने तथा एक्सपर्टको इटहरी शाखाले मात्र एक हजार भन्दा बढी विद्यार्थीलाई वैदेशिक अध्ययनका लागि परामर्श प्रदान गरिसकेको म्यानेजिङ्ग डाइरेक्टर तिम्सिना बताउँछन् ।