इटहरीः धनकुटाको पाख्रिबास घर भई धनकुटा नगरपालिकाको त्रिवेणी चोकमा बसोबास गर्ने ३५ वर्षीय निलम पौडेलको दुवै मृगौला फेल भएर उपचारको लागि आर्थिक अभाव भएपछि सहयोग संकलन गर्न थालिएको छ ।
धनकुटा नगरपालिका वडा नं.७ बसपार्कमा रहेको नगरपालिकाको सटरमा करिब १० वर्ष चिया पसल सञ्चालन र करिब १० वर्ष धनकुटा नगरपालिका कार्यालयको क्यान्टिन सञ्चालन गरेकी शान्ता पौडेलका छोरा निलमलाई उपचारको लागि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा राखिएकोमा आर्थिक स्रोत कम भएपछि सहयोगको अपिल गरिएको हो ।
विगत १५ दिनदेखि पौडेललाई नोबेलको आईसीय”मा राखिएको र दिनको १८ देखी ३० हजारसम्म खर्च भइरहेको भन्दै धनकुटाका पत्रकार सन्तवीर लामाको अगुवाइृमा पीडितको लागि सहयोग संकलन अभियान सुरु गरिने भएको छ ।
०७९ भाद्र १३ गतेका दिन धनकुटा बजारमा सहयोग संकलन गर्ने अभियान धनकुटा नगरपालिका वडा नं.७ मदनचोक, त्रिवेणी चोक, बसपार्क, हुलाक टोलका व्यापारी व्यवसायीहरुको अगुवाइमा हुन लागेको बताइएको छ । समाजसेवी थामवहादुर राई, युवा समाजसेवी प्रवीण पोख्रेल र फोनिज प्रदेश नं.१ का अध्यक्षसमेत रहेका लामाको अगुवाइमा स्वेच्छाको नगद सहयोगस्वरुप संकलन अभियान सुरु गर्न लागिएको बताइको छ ।