इटहरीः मोरङको विराटनगरस्थित को्सी अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्ट परिवर्तन भएपछि नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।
प्रदेश १ को सबैभन्दाृ ठूलो सरकारी अ्रस्पताल कोस्ी कार्यसम्पादन राम्रो हुँदाृहुँदै पनि छोटो समयमै मेडिकल सुपरिन्टेन्डेन्ट फेरेको भन्दै नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटिले आपत्ति जनाएको हो ।
बुधृबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोृस्ी अस्पतालका डा.लक्ष्मीनारायण यादवलाई मेसुको जिम्मेवारी दिएको हो । यसअघिका मेडिकल सुपरिन्टेन्डेन्ट यज्ञराज खरेललाई हटाएर यादवलाई ल्याएको भन्दै मेडिकल माफियाको प्रभावमा मेसु फेरिएको ृदाबी माओवादीले ृृगरेको छ । कोस्ीमा ४ फागुनदेखि डा. यज्ञ खरेलले निमित्त मेसुको जिम्मेवारी समाल्दै आएका थिए । मन्त्रालयले यादवलाई मेसुको जिम्मेवारी तोकेको छ भने खरेललाई सोही अस्पतालमृाृ कार्यरत रहन भनेको छ ।
स्वास्थ्य मन्त्रालयले मेसुको जिम्मेवार दिएको डा. यादव १० औँ तहका चिकित्सक हुन् । यस अस्पतालमा ११ औँ तहको मेसुको दरबन्दी रहेको छ । यादवलाई कोस्ी अस्पतालको निमित्त मेसुको जिम्मेवारी दिएको हो । उनी अस्पतालका वरिष्ठ कन्सलटेण्ृट फिजिसियन चिकित्सक हुन् ।
यसअघि मन्त्रालयले कनिष्ठ चिकित्सकबाट मेसु नियुक्त गरेको भन्दै अस्पताल भित्रका वरिष्ठ चिकित्सकहरू असन्तुष्ट बनेका थिए । कनिष्ठबाट मेसु नियुक्ति गरेको भन्दै अस्पतालका वरिष्ठ ृचिकित्सकहरू असन्तुष्ट भएको कारणले पनि छोटो अवधिमा जिम्मेवारी हेरफेर गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । यादव र खरेल दुवै दशौँ तहको भए पनि यादव अस्पतालका वरिष्ठ चिकित्सक हुन् ।
मन्त्रालयले मेसुको जिम्मेवारी दिएको यादव २०७१ सालदेखि कोस्ी अस्पतालमा कार्यरत रहेका छन् । उनले यसअघि अस्पतालको प्रवक्ताको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।
यता माओवादी केन्द्र विराटनगरले भने मेसु परिवर्तनको निर्णय सच्याउन माग गर्दै नसच्चाए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । विज्ञप्तिमा माओवादी केन्द्र विराटनगरका अध्यक्ष नवीन पौडेल र सह इन्चार्ज भोगेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।