इटहरीः इटहरीमा रहेको लोटस मल्टिट्रे्रनिङ प्रालिले ईपीएस उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन गरेको छ । ईपीएस उत्तीर्ण गर्ने विद्यार्थीहरूलाई वैदेशिक अध्ययनमा जाने तथा काममा जानेहरूलाई सहजता र सफलता मिलोस् भन्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको लोटसका अध्यक्ष रवीन्द्र निरौलाले बताए ।
उनका अनुसार दुई सय बढी विद्यार्थीहरूले ईपीएस उत्तीर्ण गरेका थिए । सन् २००० देखि विभिन्न विधामा तालिम तथा विदेशी भाषा अध्यापन गराउँदै आएको यस संस्थाबाट हालसम्म हजार बढी विद्यार्थीहरूले विदेश यात्रा सफलतापूर्वक सम्पन्न गरिसकेको निरौलाले बताए ।
विद्यार्थीहरूलाई मेहनत र परिश्रमले पाएको सफलतालाई निरन्तरता दिनको लागि अझ सचेत बन्दै कोरिया गएपछि आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै काम गर्नुपर्ने उनको भनाइ छ । निरौलासहित कोरियन भाषा प्रशिक्षक लोकेन्द्र घिमिरे र लीलाराज घिमिरेले विद्यार्थीहरूलाई बधाइ ज्ञापन गरेका थिए ।