इटहरीः बाल दिवसको अवसरमा रामधुनी नगरपालिकाको नमुना नगर बाल सञ्जालले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा झुम्काको आरम्भ विद्या मन्दिरकी छात्रा स्मृति कोइराला प्रथम बनेकी छन् । 

बालमैत्री नगर घोषणा भएको एक वर्ष पूरा गरेको रामधुनी नगरपालिकामा नमुना नगर बाल सञ्जालले बाल दिवसको अवसर पारेर रामधुनीको लालपुर माध्यमिक विद्यालयमा वक्तत्वकला प्रतियोगिताको आयोजना गरेको थियो । नगरपालिकाको शिक्षा शाखाले नगरका सम्पूर्ण सँस्थागत तथा सामुदायिक विद्यालयलाई सहभागिताको लागि निमन्त्रणा गरेको भएता पनि प्रतियोगितामा जम्मा १० वटा विद्यालयले सहभागिता जनाएका थिए । १० वटा विद्यालयका  विद्यार्थीहरुबीच भएको वक्तृत्वकला प्रतियोगितामा कक्षा ७ मा पढ्ने आरम्भ विद्या मन्दिरकी छात्रा कोइराला प्रथम बनेकी हुन् । यसैगरी, दोस्रो स्थानमा माउन्ट समिट वल्र्ड स्कुलका छात्र सिद्धार्थ प्याकुरेल आए भने तेस्रोमा युनिक एकेडेमीका लेजेण्ड नेपाल आएका थिए ।

ort3

प्रतियोगिताको सान्त्वना अर्थात चौथो स्थानमा पञ्चालन मा वि चौसठीका तपन पौडेल आए । रामधुनी नगरपालिकाका नगरप्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नगरपालिकाकी उपमेयर तारा थापा तथा प्रमुख प्रशासकिीय अधिकृत कमलबहादुर थापा रहेका थिए । कार्यक्रम नमुना नगर बाल सञ्जालकी उपाध्यक्ष सुजाता मेहताको सभापतित्वमा भएको थियो भने कार्यक्रमको सञ्चालन छविरमण दाहालले गरेका थिए । नगरलाई बालमैत्री नगरको रुपमा घोषणा गरेको वार्षिक उत्सवको अवसर पारेर सबै विद्यालयलाई समेट्नेगरी वक्तत्वकला प्रतियोगिताको आयोजना गरेको बालमैत्री सम्पर्क व्यक्ति अमन ढुङ्गेलले बताए ।

ort1