काठमाडौँः डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि शनिबार धनगढीको पार्क मोडमा युवाहरूले प्रर्दशन गरेका छन्।
विद्यार्थी तथा स्वास्थ्य क्षेत्रमा आवद्ध रहेका युवाहरूको एक समूहले पार्क मोडमा डाक्टर केसीको स्वास्थ्य अवस्थाप्रति सरकारको ध्यानआर्कषण गर्न प्रर्दशन गरेको हो । स्वास्थ्य अवस्था गम्भीर भएपनि यसतर्फ सरकारले ध्यान नदिएको विषयमा चासो राख्दै प्रर्दशन गरिएको सेती प्रादेशिक अस्पतालमा कार्यरत दन्त चिकित्सक डाक्टर अमृत जैसीले जानकारी दिए ।
विभिन्न साँत मागहरु राखी सेती प्रादेशिक अस्पतालमा अनसनरत डा.केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गइरहेको अस्पतालले हिजो एक विज्ञप्ति जारी गरी जानकारी गराएको थियो । स्पतालको रिपोर्ट अनुसार डा. केसीलाई श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, रक्तचाप घट्ने, सुगर कम हुने र पिसाबमा किटोनबडी बढ्दै गएको छ ।
यी समस्याका कारण डा. केसीको शरीरमा पोषणतत्व र पानीको असन्तुलनले जुनसुकै बेला बेहोस हुनसक्ने, कम्पन सिजर आउनसक्ने, रोग प्रतिरोधी क्षमता कम भएर संक्रमण हुनसक्ने, मुटुको धड्कन, शवासप्रश्वास गडबढ भएर विभिन्न प्रणालीहरुमा खराबी आएर ज्यान जोखिममा पर्नसक्ने अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अन्य कुनै पोषक तत्व लिन नमानेपछि डा.केसीलाई अस्पतालले साधारण स्लाइन र रिङ्गर ल्याक्टेट मात्र दिएर राखिएको अस्पतालको भनाइ छ ।