बेतना/ बेलबारी नगरपालिकाले पर्यटन प्रबर्धनलाई जोड दिन थालेको छ । पर्यटकीय क्षेत्रको बिकास सगै आयश्रोत बढाउने उदेश्यका साथ नगरपालिकाले पर्यटन प्रबर्धन कार्यक्रमलाई जोड दिएको छ । पर्यटकिय क्षेत्रहरुले गुरु योजना बनाएरै काम गर्न थालेका छन । प्रदेश नम्बर १कै चर्चामा रहेको बेतना सिमसारले आफ्नो २० वर्षे गुरुयोजना बनाएर पर्यटकि क्षेत्रको बिकासमा लागेको छ । ‘फाउन्टेन पोखरी’को निर्माण गर्न थालेको छ । बेलबारी नगरपालिकाको सिफारिसमा उद्ययोग पर्यटन तथा वातावरण मन्त्रालयको रु ३ लाख ९२ हजार र वेतना सिमसारको रु ४४ हजार २४७.५५ गरि कुल रु ४ लाख ३६ हजार २४७.५५ मा फाउन्टेन पोखरीको निर्माण भईरहेको बेतना सामुदायिक समितिका अध्यक्ष डम्बर बस्नेतले बताए । पर्यटन मन्त्रालय काकडभिटाको रु १० लाख र सिमसारको १ लाख ९० हजार गरि कुल ११ लाख ९० हजारको लागतमा पोखरीमा टायल विछ्याउने चलिरहेको छ । १७४.९१ हेक्टर क्षेत्रफलमा फैलिएको सिमसार क्षेत्रलाई मानव केन्द्रित, मानव नियन्त्रित तथा मानव निशेधित गरि तीन भागमा वाँडिएको छ । हाल वनिरहेको फाउन्टेन पोखरी मानव नियन्त्रित क्षेत्रभित्र पर्दछ ।सिमसारले अघि सारेको उक्त २० वर्षे गुरुयोजनामा सामाजिक , साँस्कृतिक, आर्थिक विकासका खाकाहरु समेटिएको छ । सिमसारलाइ प्रदेशकै नमुना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गार्डेन, रिसोर्ट, झोलु,बाल उद्यन लगायतविभिन्न योजना गुरुयोजनामा छन् ।गुरुयोजनामा संग्राहलयदेखि प्रदेशकै ठूलो चिडिया घर बनाउने योजना पनि राखिएको छ । मनोरन्जनका लागि मचान निर्माण,जंगलसफारी,स्वीमिङ पुल, वालउद्यान,पिकनिक स्पोट, बोटिङ , ट्री ट्रेल आदि तयार गरिने सामुदायिक बन उपभोक्भा समितिका कोषाध्यक्ष कमल कोईरालाले बताए ।

बेतना सिमासरको विकासका लागि प्रदेशले आर्थीक बर्ष २०७५÷०७६का लागी रु १ करोडको वजेट छुट्याएको छ । वन्दै गरेको उक्त फाउन्टेन पोखरीको विचमा तिनठाउँमा आकर्षक रुपमा पानिका फोहरा निर्माण हुनेछन् । र पोखरीको वरिपिर आकर्षक रुपमा विजुल वल्भ वालिनेछन् । यो पोखरी निर्माण कार्य पूरा भएपछि यहाँ आउने पर्यटकको संख्यामा पनि वृद्धिहुने सिमसारले बिश्वास लिएको छ । यस्तै रमिते सामुदायिक बनले समेत नगरपालिका सगको सहकार्यमा सुरुङमार्ग सहितको भ्यूटावर निर्माणलाई तिब्रता दिएको छ ।