धरानः संविधान दिवसको अवसरमा लायन्स क्लब अफ पञ्चकन्याले विद्यार्थी बालबालिकाहरुलाई पच्चीस सय थान स्टेसनरी सामानहरु वितरण गरेको छ ।

क्लबले आफ्नो वान रुपी फर एजुकेसन अभियानअन्तर्गत नेपाल बसोवास बस्ती संरक्षण समाज मातहतको सुकुम्बासी बस्तीमा बसोवास गर्ने सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थी बालबालिकाहरुलाई स्टेसनरी सामान वितरण गरेको हो । पञ्चकन्या क्लबले धरान १६ र ११ का तीन सय २९ बालबालिकाहरुलाई कापी, कलम, पेन्सिल र इरेजर प्रदान गरेको छ । क्लबले सम्बन्धित क्षेत्रमा नै गएर सोमबार सहयोग सामग्री वितरण गरको थियो ।

pk2

सहयोग सामग्री हङकङ नेपाली महासंघका अध्यक्ष रिता गुरुङ्गले उपलव्ध गराएकी हुन् । सहयोग सामग्री कार्यक्रम आयोजक लायन्स पञ्चकन्याकी अध्यक्ष एकता श्रेष्ठ, नेपाल पत्रकार महासंघ, सुनसरी अध्यक्ष जनकऋषि राई, धरान सरोकार समाज अध्यक्ष प्रभु श्रेष्ठ, डिष्ट्र्रिक फस्र्ट लेडी रेखा गुरुङ्ग, युवा व्यवसायी लायन्स कविता लिम्बू, लायन्स टंक गुरुङ्ग र लायन्स कृति श्रेष्ठले वितरण गरेका थिए ।

pk3 1