काठमाडौंः अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले केपी ओली र लोकतान्त्रिक गणतन्त्र एक अर्काका विपरित ध्रुव भएको भन्दै यी दुई चिज सँगै जान नसक्ने बताएका छन् ।
अनेरास्ववियू त्रि चन्द्र क्याम्पस कमिटीद्वारा आयोजित नेपालीहरूका महान पर्वहरूको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम बोल्दै अनेरास्ववियूका अध्यक्ष पराजुलीले यो व्यवस्थामा ओलीलाई प्रतिगमनतर्फ हिड्ने गोरेटो समेत नभएको बताए ।
अध्यक्ष पराजुलीले यो व्यवस्था रहँदासम्म ओलीले चाहेको प्रतिगमन असम्भव भएको बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्रको यो व्यवस्था र यात्रामा ओलीको हिडाई फरक भएको भन्दै हिँड्न नजान्नेहरू दुर्घटनामा पर्ने कुरा पक्का भएको बताए ।
निकै ठूलो त्याग तपस्या र बलिदानी वाट प्राप्त उपलब्धीलाई समाप्त पार्न विभिन्न शिखण्डी तयार पार्दै छन ओली भन्दै पराजुलीले गणतन्त्रवादीले ओली पाखण्डीहरूको रूप , रंग ,आकार ,प्रकार र पहिचान सबै गरिसकेको बताए ।
विश्वविद्यालयहरू बेरोजगार उत्पादन गर्ने कारखाना रुपमा विकास भएको भन्दै विद्यार्थी नेता पराजुलीले यसलाई परिवर्तन गरेर योग्य दक्ष सक्षम अव्बल विद्यार्थी जुन संसारमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्नु अहिलेको आवश्यकता भएको बताए ।
उनले आफ्नो पार्टी समेत सम्मिलित गठबन्धनको सरकारले समाजिक रूपान्तरणका सवालमा उचित कदम चाल्न आग्रह समेत गरे ।