बेलबारी/ अत्याधिक दुर्घटना ग्रस्त क्षेत्रको रुपमा परिचित पुर्वपश्चिम महेन्द्र राजमार्ग अन्र्तगत मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको चिसाङ भाङबारी पुलमा दुर्घटना रोक्न डमी मोटरसाईकल राखिएको छ ।

अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलबारील राखेको डोमी अहिले सामजिक सजालमा फाटो खिच्ने स्थानका रुपमा परिचित हुन थालेको छ ।

दिन प्रति दिन सडकमा दुर्घटना बढन थालेपछि ट्राफिकले न्यूनिकरण गर्ने उदेश्यका साथ मोटर साईकलको डोमि बनाई राखेको छ । तर गाडीमै यात्रा गर्नेले समेत गाडीनै रोकेर सेल्फी खिच्ने गरेका छन । अति दुर्घटनाको सकेत राखेको ठाउमानै स्थानियले दुई औला उठाएर सामाजिक सजालमा सेल्फी खिचेर हाल्ने गरेका छन ।

सवारी दुर्घटना न्युनीकरण एवम तिव्र गति नियन्त्रणका लागि नेपाल यातायात मजदुर संघको सौजन्यमा अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलबारीले मोटर साईकलको डोमि बनाई राखे पछि अनौठो बस्तु भन्दै अहिले सेलफी खिच्नेको भिड लाग्न थालेको छ । डमी राखेपछि दुर्घटना केही हदसम्म कम हुने अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलबारीका ईन्चार्ज लिला श्रेष्ठले बताएका छन । सो क्षेत्रमा हरेक दैनिक रुपमा दुर्घटना हुने गरेका छन । घुम्ती सडक भएका कारण अत्याधिक गतिमा आएका मोटरसाईकल लगायतका सवारी साधन ट्रनिङ गर्न नसक्दा दुर्घटना हुने गरेको असई श्रेष्ठ बताउँछन ।

ट्रापिलकले घटना न्यूनिकरणका लागी रामा्रे अभियान थाले पनि यात्रु तथा स्थानियले दुर्घटना बढाउने सकेत देखीएको छ । मोरङको लक्ष्मीमार्गमा ट्राफिकले डोमि बनाएर राखेको छ ।