धरानः नेपालको सर्वाधिक धेरै धावक धाविका सहभागी हुने धरान १० के रन, नेवा च्यारिटी २०७९ को एघारौँ सँस्करणमा फागुन १३ गते हुने भएको छ ।

धरान रन समूहले शुक्रबार पत्रकार सम्मेलन गर्दै एघारौँ सस्करण फागुन १३ गते हुने जानकारी दिएको छ । प्रतियोगितामा सहभागि हुनका लागि यस् वर्षदेखि अनलाईन फाराम भर्नु पर्नेछ ।

 अनलाइन फाराम शुक्रबारदेखि खुल्ला गरिएको छ । अण्डर १३ ले आवेदन शुल्क ३ सय रुपैयाँ लाग्नेछ भने अन्यलाई ५ सय रुपैया निर्धारण गरिएको छ । प्रतियोगितमा समय व्यवस्थापनका लागि ‘चिप टाईमिङ सिस्टम’ प्रयोग गरिने भएको छ । 

धरान रन समूहका अध्यक्ष रमु राईका अनुसार प्रतियोगितामा धावकधाविकाको समयको व्यवस्थापनका लागि ‘चिप टाईमिङ सिस्टम’ प्रयोगमा ल्याइने भएको हो । अध्यक्ष राईले धावकधाविकाको समय व्यवस्थापका लागि ‘चिप टाईमिङ सिस्टम’ प्रयोग गर्न लागिएको बताए ।

pt

 ‘चिप टाइमिङ सिस्टम’ धावकधाविकाकाको ‘बिब्स् चेष्ट नम्बर’ मा लगाइनेछ । ‘विगतमा आधाबाट दौडने, पुरा नदौडी आउने गरेको पनि पाइयो ।’ उनले भने ‘चिप टाइमिङ सिस्टम’ ले त्यसलाई व्यवस्थापन गर्नेछ ।’ सिस्टमले समय निचिस्त गर्ने अध्यक्ष राइको भनाई छ ।

अध्यक्ष राईका अनुसार प्रतियोगितामा १६ वर्षदेखि ३९ वर्षभित्र खुल्ला दौडतर्फ महिला र पुरुष समूहका प्रथम, द्धितिय र तृतिय हुनेले क्रमशः ६०, ४० र ३० हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, १३ वर्ष मुनिका प्रथम, द्धितिय र तृतिय हुने पुरुष तथा महिला धावकधाविकाले क्रमशः ७, ५ र ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । १३ देखि १६ वर्ष समूहका प्रथम, द्धितिय र तृतिय हुने धावकधाविकाले क्रमशः ७, ६ र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ४० वर्ष माथि भेट्रान दौडमा प्रथम, द्धितिय र तृतिय हुनले क्रमशः ७५  र ३ हजार नै प्राप्त गर्ने आयोजकले जनाएको छ । स्थानीय धावकधाविकालाई पनि प्रोत्साहन स्वरुप आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी सबैलाई टिसर्ट दिइनेछ ।

tttttf

छात्रवृत्ति प्रदान

धरान रन समूहले प्रतियोगिताबाट जोगिएको रकमले शिक्षाको लागि अक्षय कोष स्थापना गरेको छ । उक्त अक्षयकोषको ब्याजबाट जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ ।

अक्षयकोषको ब्याजबाट सामुदायिक विद्यालयमा अध्ययन गर्ने १२ जना जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेको हो । विद्यार्थीहरूलाई स्वीटर, स्कुल ड्रेस, स्टेशनरी, जुत्ता, स्कुल ब्यागलगायत आवश्यक शैक्षिक सामग्रीहरु प्रदान गरेको हो । समूहका अनुसार किरानेश्वर मावि, पञ्चायत मावि, भानुस्मृति मावि, शिक्षा सदन मावि, शिक्षा निकेतन मावि र निम्नमाध्यामिक विद्यालयका १२ जना विद्यार्थी सामाग्री प्रदान गरेको हो । उक्त अक्षय कोषमा हाल १२ लाख भएको छ । सो कोषको ब्याजबाट विद्यार्थीहरूलाई त्रैमासिक रुपमा छात्रवृत्ति प्रदान गर्दै आएको छ ।