धरानः हिसान महिला पुरुष बास्केटबल प्रतियोगितामा २०७९ मंसिर ं २२ गते देखि हुने भएको छ ।

स्पोर्टस मिट अन्तर्गत हुने प्रतियोगितामा सुनसरीका माध्यामिक विद्यालय कक्षा ११ र १२ का विद्यार्थीहरू सहभागी हुनेछन् । प्रतियोगितामा छात्रतर्फ १० र महिलातर्फ ८ समूहको सहभागीता हुने हिसान बास्केटवलका संयोजक अर्जुन घिमिरेले जानकारी दिए ।

 प्रतियोगितामा सहभागी विद्यार्थीहरु ०७८ र ०७९ सालको एसइइ व्याचका हुनपर्नेछ । प्रतियोगिता धरान १२ स्थित धरान मेघा हिमालयन कलेजको बास्केटवल कोर्टमा हुने संयोजक घिमिरेले जानकारी दिए । 

हिसान स्पोर्टस मिट अन्तर्गत ११ विद्यामा प्रतियोगियात्मक कार्यकम हुदैछ । मिट अन्र्तगत चेस र वक्तित्वकला सकिएको छ । बास्केटवल, भलिवल, क्रिकेट, टेवलटेनिस, व्याडमिन्टन, फुटवल, नृत्य, क्विज कन्टेस्ट र कविता वाचन प्रतियोगिता हुन बाँकी छन ।