विराटनगरः बुधबार विराटनगरमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन गरेका छन् । । स्वास्थ्य मन्त्री माननीय जयराम यादव, जनस्वास्थ्य प्रयोगशालाको निर्देशक जयबेन्द्र यादव तथा विभिन्न प्रदेशका निर्देशक लगायतको उपस्थितिमा प्रयोगशालाको उद्घाटन गरिएको हो ।
सेभ द चिल्ड्रेन ग्लोबल फण्डको प्राविधिक तथा आर्थिक सहयोगमा स्थापना भएको प्रयोगशाला, प्रदेश १ का लागि एक रेफरल प्रयोगशाला हो । प्रदेशमा सञ्चालित सबै स्वास्थ्य प्रयोगशालाहरूलाई नियमन गर्न प्रदेश र स्थानीय सरकारलाई सहयोग गर्ने उद्देश्यले सो प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्थापना गरीएको हो । यसले प्रयोगशाला स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने, स्थानीय प्रयोगशालाहरूलाई प्राविधिक सहयोग उपलब्ध गराउने, गुणस्तर सुधार गर्ने, मापन गर्ने र तिनीहरूलाई प्रमाणित गर्ने, सर्वसाधारणलाई न्यूनतम लागतमा प्रयोगशाला सेवाहरू उपलब्ध गराउने र चिकित्सा क्षेत्रमा अनुसन्धान र विकास गर्ने जस्ता कार्यहरू गर्दछ ।
कार्यक्रममा बोल्दै माननीय राजेन्द्र कुमार राईले भने, “स्वास्थ्य र शिक्षा मा लगानी गर्नु अत्यावश्यक छ र भविष्यमा आउनुहुने सरकारले यस क्षेत्रमा बजेट विनियोजन गर्नेछ भन्ने विश्वास गर्दछु ।” त्यसैगरी स्वास्थ्यमन्त्री जयराम यादवले भने, “यस प्रयोगशालालाइ उत्तम अनुसन्धान केन्द्रको रुपमा अगाडी बढाउने कार्यका लागि प्रदेश सरकारको तर्फ बाट म प्रतिबद्धता जनाउन चाहन्छु ।”
“सेभ द चिल्ड्रेनले ग्लोबल फण्ड कार्यक्रम अन्तर्गत एच्.आइ.भी., क्षयरोग र मलेरीया सम्बन्धी काम गर्छ । नेपालमा हाल बिरामीको मृत्यु हुने मध्येको एक प्रमुख कारण समयमा रोगको पहिचान हुन नसक्नु हो । ग्लोबल फण्डको सहयोगमा स्थापना भएको यस प्रयोगशालाले एच्.आइ.भी., क्षयरोग र मलेरीयाकाको मात्र नभई सम्पूर्ण रोगहरूको समयमै पहिचान, उपचार र निराकरणमा सहयोग पु¥याउने छ”, सेभ द चिल्ड्रेनका पूर्व फिल्ड कार्यालयका एसोसीएट डाइरेक्टर डा. अजय कान्तले बताए ।
स्वास्थ्य मन्त्रालय र प्रदेश जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा सेभ द चिल्ड्रेन ग्लोबल फण्डले रु. १०.५ करोडको वी निर्माण सम्पन्न गरेको सो प्रयोगशालाको भवन निर्माण कार्य २०७७ मंसीरमा सुरु गरीे २०७९ मंसीरमा सम्पन्न गरीएको हो ।