इटहरीः गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा स्वतन्त्र उम्मेद्वार बनेका युवा र इटहरीका सक्रिय युवाहरुको पहलमा हुनेले दिने नहुनेलाई दिइने अभियान शुरु गरिएको छ । 

इटहरी चोकमा  बिहिबारबाट चिया व्वाइज नाम दिएको अभियानमा पैसा नहुनेलाई निशुल्क चिया र बिस्कुट ख्वाउने कार्यक्रम शुरु गरिएको छ भने क्लोथ बैँकको अभियान समेत चलाइएको छ । क्लोथ बैँकको अवधारणा बनाएको १ हप्ता जति भएको तर सुरुवात आज इटहरी चोकबाटै गरिएको अभियान्ता तथा बालरोग विशेषज्ञ डा. फरेन्द्र शाहले बताए । 

यहि मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेद्वार बनेका डा. शाह साथै सुनसरी क्षेत्र नम्बर ३  प्रदेश क का स्वतन्त्र उम्मेद्वार  अनिल खड्का, मोरङ्ग क्षेत्र नम्बर ६ को प्रतिनिधि सभा सदस्य उम्मेद्वार  सरोज नेपाल  साथै इटहरीका युवा काजश राई, सिदार्थ श्रेष्ठ, राजा प्रद्यान, सन्तोष लिम्बु , लगायतको समुहले यस्तो अभियान सुरु गरेको हो । 

व्यावसायीक चिकित्सकहरु साथै युवा समाजप्रति जिम्मेवार बोध हुनेहरुको सक्रियतामा यस्तो अभियान थालनी गरिएको र यसलाई बढाउँदै लैजाने अभियानकर्ताले जानकारी दिएका छन् । समय समयमा मेडिकल क्याम्पहरु पनि आयोजना गर्ने , चिया ब्वाइजबाट पैसा नहुनेलाई निशुल्क चिया र बिस्कुट ख्वाउने र पैसा हुनेहरुबाट लिने साथै क्लोथ बैँक पनि सोही ठाउँमा संचालन गरेको अभियान्ता फरेन्द्र शाहको भनाई छ ।  

317930487_707453717569292_3152394171785089813_n

क्लोथ बैँकको अभियानलाई इटहरी, झुम्का, इनरुवा, देवान्गन्जसम्म पुर्याउने लक्ष्य रहेको शाहले सुनाए ।  

घरमा भएका पुराना लुगा जो हामी फाल्न गइरहेका छौँ ती कपडाहरु संकलन गरेर गरिवलाई बाड्न सक्छौँ त्यतिमात्रै नभएर भोलीका दिनमा फुड बैँकको अवधारणा समेत ल्याएर ल्याउने डा.शाहले बताएका छन् । 

आफ्नो अभियान घरमा भएका कपडाहरुमा फाल्नु भन्दा अरुकसैलाई आवश्यक भएको भन्दै त्यो जसलाई आवश्यकता छ त्यसले लगाउन सक्ने भन्दै क्लोथ बैँकको अवधारणा ल्याएको शाहको भनाई छ । 

अर्का अभियान्ता अनिल कुमार  खड्काले समाजमा देशमा ठुलो परिवर्तन ल्याउनको लागि युवाहरु जागेको बताएका छन् । 

युवाले सामाजिक भावना जागृत गराएर भएका र फाल्न लागिएका तर काम लाग्ने कपडाहरु गरिवहरुलाई अझै आवश्यकता भएको भन्दै उनिहरुका लागि उपलव्ध गराउनु राम्रो भएको युवा अभियान्ताहरुले बताएका छन् । 

उनिहरुले सामाजिक भावना जागृत गराउने र समाजलाई एउटा सन्देश दिने उदेश्यले भएकाले दिने र नभएकाले लिने गरी क्लोथ बैँकको अवधारणा ल्याएको बताएका छन् ।

317936357_474692054749187_2942220029446115295_n