इटहरीः दक्षिण अमेरिकी रास्ट्र अर्जेन्टिनाले कतारमा आयोजना भएको फिफा विश्वकप फुटबलको उपाधि जितेको छ ।  आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिना विश्वकपको तेस्रो पटक च्याम्पियन बनेको हो ।

अर्जेन्टिनाको यो तेस्रो पटक विश्वकपको ट्रफी जितेको हो । अर्जेन्टिनाले यस अघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि जितेको थियो ।

फ्रान्स भने लगातार दोस्रो पटक र तेस्रो पटक उपाधि जित्न बञ्चित बनेको छ । फ्रान्सका खेलाडी एम्बापेले सबै भन्दा बढि गोल गर्दै गोल्डेन बल जितेका छन । फ्रान्सले यस अघि सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो ।

आइतबार भएको विश्वकपको फायनल खेलमा  अर्जेन्टिनाका लागि २३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । 

गोल्का लागि  अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । जसमा मेस्सीले सहजै गोल गरे ।

खेलको ३६ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै फ्रान्सलाई २–० गोलको अग्रता दिलाए । उनले म्याक एलिस्टरको पासमा गोल गरे ।

320233037_3343852942521041_8725775662570887606_n

तर, दोस्रो हाफमा एम्बाप्पे चम्किदा फ्रान्सले पुनरागमन गर्यो । ८० औं मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई २–१ को स्थितिमा ल्याए ।

खेलको ८१ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई २–२ गोलको बराबरीमा ल्याए । उनले मार्कुस थुरामको पासमा उत्कृष्ट गोल गरे ।

अतिरिक्त समयमा समेत दुबै टोलीले थप एक एक गोल गरेको थियो । खेलको १०९ औं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई पुनस् ३–२ को अग्रता दिलाए ।

320072248_894039594940171_4674673555022558193_n

तर, खेलको ११८ औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गर्दै फ्रान्सलाई ३–३ गोलको बराबरीमा ल्याएका थिए । अर्जेन्टिनाका गोन्जालोले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो ।

त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल पेनाल्टीमा गएको थियो ।

लुसिल स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट २–२ गोलको बराबरीमा सकिएको थियो । थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा ३–३ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।

अर्जेन्टिनाको लागि गोल किपर मार्टेनिजले  गोल जोगाउँदा फ्रान्स पछाडी पर्यो ।  अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरेका थिए । फ्रान्सका केलियन एम्बाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे ।