देवराज कार्की ‘मिलन’

निर्मल जलकुण्ड पोखरीमा 

हिलो हुदैन सुन्दरतामा

आफ्नो अनुहार ऐना जस्तो

छर्लङ्ग देखिन्छ ।

यहाँ केही चेपा गांडाहरु

त्यो जलकुण्ड धमिल्याउन

उध्यत देखिन्छन् 

छट्पटाउदै मरिहत्ते गरेर।

समय यस्तो आयो आजभोलि

अनुहारमा फोहर देखिन्छ

तर मान्छे ऐनालाई पो बेस्सरी 

सफा गर्न खोज्छ।

हिले माछो हिलोमा मात्रै बस्छ

ट्राउट सफा र बग्ने पानीमा

जात माछा नै हो 

तर बाच्ने तरीका फरक भएछ।

बिचार पनि उस्तै हो बगैचा जस्तै 

रंगीचंगी बिचारको होड 

सत्य फैलिन्छ मन मस्तिष्कमा

झुटो टिक्दैन चेतनामा शुन्य।

परिस्थितिले कज्याए पछि समय

खरायो पनि बाघको पछिलाग्छ

त्यो बाद्यता हो उसको

चुरिफुरी नगरे हुन्छ।

विशाल पोखरी निर्मल छदैछ 

केही तुलि गाडाहरु पसेर

धमिलो गर्न खोज्नु अचम्म 

आफै सकिन्छन् लुतेहरु।