काठमाडौंः नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राख्यो स्ववियु निर्वाचन पुर्ण समानुपातिक प्रणालीको माग राखेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीको नेतृत्वको टोलीले प्रधानमन्त्री संग भेट गर्दै प्रधानमन्त्री समक्ष उक्त माग गर्दै ज्ञापनपत्र पेस गरेको हो । 

त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री दाहाल समक्ष स्ववियु निर्वाचन प्रणाली खर्चिलो भएकोले सबै विद्यार्थीको प्रतिनिधित्व गर्न नसक्ने तर्क राख्दै स्ववियु निर्वाचन पुर्ण समानुपातिक हुनुपर्ने माग राखेको छ । 

FB_IMG_1672988015956

 ज्ञापन पत्रमा भनिएको छ स्ववियु नहुदा विश्वबिधालयमा आवधिक निर्वाचन नहुदा प्रशासनको मनोमानी व्याप्त रहेको, विश्वबिधालयमा विसंगति, भ्रष्टाचार र अनियमितता बढेको, गुणस्तरीय पढाइ नभएको, शैक्षिक क्यालेन्डर, पाठ्यक्रम र परिक्षाप्रणाली अव्यवस्थित भएको जसक श्रमजीवी, मजदुर, किसानका छोराछोरी प्रत्यक्ष मारमा परेको बताईएको छ । 

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री दाहालले समानुपातिक स्ववियु निर्वाचनको सन्दर्भमा सरोकारवाला निकाय संग छलफल गरी निर्वाचन प्रणाली कस्तो हुनुपर्ने धारणा बनाउने बताउनु भएको अनेरास्ववियूका प्रवक्ता मिलन राईले जानकारी गराए ।