इटहरीः कोरोना भाइरसको नयाँ भेटियन्ट नेपालमा पनि देखिन सक्ने भन्दै इटहरी उपमहानगरले आजबाट लागुहुनेगरी उपमहानरभरी माक्स र सेनिटाइजर अनिवार्य गरेको छ । 

बिहिबार एक सुचना जारी गर्दै इटहरी उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत राम चरित्र मेहताले आगामी पौष २४ गते(आज) बाट लागुहुनेगरी अनिवार्य रुपमा माक्सको प्रयोग गर्न र सेनिटाइजर सहित भौतिक दुरी कायम गर्न अनुरोध गरेको हो । 

324339013_719515162836278_1494697242629550009_n

भाइरसको नयाँ भेरियन्ट छिमेकी देशमा बढी देखिएकाले नेपालमा पनि देखिन सक्ने भन्दै सतर्कता र बढ्न नदिनको लागि इटहरी उपमहानगरका शाखा महाशाखा र वडाकार्यालय सहित सम्पुर्ण स्वास्थ्य संस्था र शैक्षिक संस्थामा कार्यरत कर्मचारी , विद्यार्थी र सेवाग्राहीले समेत अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पुरा गर्न उपमहानगरको अनुरोध छ ।