इटहरीः  नेपाली चिकित्सकहरुको साझा संस्था नेपाल चिकित्सक संघको निर्वाचन आगामी माघमा तोकिएको छ । 

माघ महिनाको ६ र ७ गते उपत्यका बाहिर र १९, २० र २१ गते उपत्यकाका तीन जिल्लामा हुने तय भएको नेपाल चिकित्सक संघको निर्वाचनमा प्रगतीशिल बिचारधाराका डा.सन्तोष पौडेलको नेतृत्वमा समावेशी समुहले चुनाव लड्ने भएको छ । 

सुरक्षित पेशा, खुसी चिकित्सक नारा दिइएको सन्तोष पौडेल नेतृत्वको प्यानलले डाक्टरहरुको पक्षमा केही काम नगरी पदमात्रै ओगटेर बसेको अघिल्लो नेतृत्वले डाक्टरहरुको लागि केही कामगर्न नसकेको आरोप लगाएको छ । 

नेपालकै पुरानो इतिहाँस बोकेको पेशागत संगठन नेपाल चिकित्सक संघको आगामी नेतृत्वका लागि डा. सन्तोष पौडेलले उपाध्यक्षमा मधेस प्रदेशबाट महेस महासेठ, बाग्मती प्रदेशबाट सन्जय ठाकुर,गण्डकी प्रदेशबाट विकास गौचान र सुदुरपश्चिम प्रदेशबाट निरज आचार्यलाई अगाडि सारेको छ । यस्तै महासचिवको लागि डा. रक्षा श्रेष्ठको उम्मेद्वारी रहेको छ भने सदस्यहरुमा अभियान गौतम, रामकृष्ण आचार्य, पदक नेपाली, रमेश श्रेष्ठ, स्मृती महत र सुरेन्द्र यादव रहेका छन् । 

सन्तोष पौडेलको नेतृत्वमा रहेको प्यानलका सदस्य उम्मेद्वार डा. रामकृष्ण आचार्यका अनुसार प्यानलसँग सातवटा एजेण्डाहरु रहेका छन् । 

पहिलेको कार्यसमितिले पटक पटक चिकित्सकहरुले आन्दोलन गर्दै आएको सुरक्षाको विषयमा केही पनि गर्न नसकेको भन्दै आफ्नो नेतृत्व आएको खण्डमा चिकित्सकहरुलाई पुर्ण सुरक्षाको प्रत्याभुति गर्ने हिसावले प्रशासनसँग पहल गर्ने एजेण्डा लिएका छ भने डाक्टरहरुलाई बेरोजगार बस्नु पर्ने अवस्था नल्याउँन र पुर्ण राजगारको ग्यारेन्टी गर्न सरकारसँग पहल गर्ने एजेण्डा ल्याएको छ ।

बर्षौँ खर्च गरेर परिवार र समाजबाट समेत टाढा रहेर जनताको सेवामा खटिने डाक्टरको सम्मानजनक तवल सुविधा नभएका कारण डाक्टरहरु पलायन हुने अवस्था आएकाले त्यो अवस्थालाई समाधान गर्न सरकारले सम्मान जनक रोजगारको ग्यारेन्टी गर्नुपर्ने सर्त समेत राखेको छ । 

324922057_867541131140744_3134404173394976118_n

 एउटा डाक्टरले एक पटक सरकारी सेवा गर्ने व्यावस्था मिलाउन साथै  नेतृत्वमा गएपछि आफ्नो प्रोफायल बनाएर राजनितिक भर्याङ्ग चढ्न होइन देशभरका चिकित्सकको लागि केही गर्न नेपाल चिकित्सक संघमा सन्तोष पौडेललको अध्यक्षता हुनुपर्ने प्यानलको तर्क छ । 

प्यानलका सदस्य डा.आचार्यका अनुसार चिकित्सकहरुका लागि नेपाल चिकित्सक संघले पाउने  छात्रवृद्धिदेखि लिएर विदेश भ्रमण, सेमिनार लगायतका कार्यक्रममा आसेपासे, र साथीभाई लाई मात्रै जानकारी गराउने र उनिहरुलाई मात्रै अवसर दिने गरिएकाले त्यो प्रथालाई तोड्दै  सबै चिकित्सकलाई सुसुचित गर्ने र योग्य चिकित्सको छान्नका लागि आवेदन समेत माग्ने नीति लिनका लागि समेत सन्तोष पौडेल नेतृत्वलाई भोट दिनुपर्ने हुन्छ । 

एउटा डाक्टरले अध्ययन गर्नकै लागि जिन्दगी खर्च गर्छ , परिवारसँग बस्ने समय टाढा बसेर विताउँछ र आफ्नो जिन्दगीमा एकचोटी पनि सुःख पाउँदैन । उसलाई एउटा गाडी चढेर काममा  जानका लागि चार चोटी सोच्नुपर्छ त्यो अवस्थालाई परिवर्तन गर्नका लागि डा. सन्तोष पौडेलको विकल्प नभएको डा.आचार्यले प्रदेश पोर्टललाई बताए ।

324925337_711844717124207_8938444837193824481_n

सरकारले रिक्त रहेका दरबन्दी फुलफिल गर्न विगत चार पाँच बर्षदेखि लोकसेवा नखोलेको कारण कतिपय डाक्टरहरु बेरोजगार हुनुपरेको र साथै सम्मान जनक तलव र अन्य सुविधा नहुँदा समेत  अन्तिममा सबै चिजबाट अघाएर डाक्टरहरु  विदेशिनुपर्ने अवस्था आएको भन्दै त्यो अवस्थालाई लम्विन नदिन पनि डा.पौडेल नेतृत्वलाई मतदान गर्न डा.आचार्यको आग्रह छ ।   

देशभर ३२ हजार चिकित्सक भए पनि १२ हजार पाँच सय डाक्टरहरुमात्रै नेपाल चिकित्सक संघको सदस्य भएको डा. आचार्यले बताए । अघिल्लो नेतृत्वले डाक्टरहरुको लागि भन्दा पनि आफ्नो लागि मात्रै काम गरेकाले चिकित्सकहरुको संघ प्रति वितृष्णा बढेको उनले सुनाए । आफुहरु संघमा पुगे एक बर्षमा २० हजार डाक्टरलाई चिकित्सक संघको सदस्य बनाउने अवस्था सिर्जना गर्ने उद्घोष आचार्यले गरेका छन् ।