इटहरीः आइतबार बिहान भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परि २ जना चर्चित कलाकारको समेत मृत्यु भएको छ । 

आज पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परि ६९ जनाले ज्यान गुमाएको विवरण हालसम्म प्राप्त भएको छ भने ३ जनाको अवस्था सार्वजनिक भएको छैन ।

चालक दलका ४ सदस्यसहित ७२ जना उक्त प्लेनमा सवार रहेको उक्त जहाजमा २ जना चर्चित कलाकार पनि सवार थिए । 

 दुर्घटनामा परि नेपाली प्रत्यक्ष लोकदोहोरी गायन क्षेत्रमा ख्याती कमाएकी नीरा छन्त्यालको निधन भएको छ भने अर्का संगीत उधोगका चर्चित गिटारिस्ट निशान्त आचार्यले असमायिक ज्यान गुमाएका छन् ।

‘केसिक्स बिफोर’ नामक आफ्नै ब्याण्ड रहेको गिटारिस्ट आचार्यको स्थायी घर पोखरा नै हो भने गायिका छन्त्याल माघे संक्रान्ति विशेष एक कार्यक्रममा प्रस्तुतिका लागी पोखरा उडेकी थिइन् ।