धरानः धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा सम्पन्न प्रदेश १ अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबल प्रतियोगितामा १८ टिमले सहभागिता जनाउने भएका छन् ।

यहि फागुन ५ गते देखि सुरु हुने प्रतियोगितामा महिला पुरुष गरि १८ टिमले सहभागिता जनाउने मंगलवार धरान १८ स्थित दिल्ली ढावामा पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी गराएको छ । प्रदेश १ भरीबाट पुरुष तर्फ १२ टिम र महिला तर्फ ६ टिमले सहभागिता जनाउने भएको छ  । 

सहभागि कलेजहरुमा धरान मेघा हिमालयन कलेज महिला पुरुष टिम, डिपोट स्कुल महिला पुरुष, केन्द्रिय प्रविधि क्याम्पस हातिसार महिला पुरुष, युएन कलेज महिला पुरुष, पव्लिक हाइ स्कुल, सियोन स्कुल, लोटस स्कुल, सिटी कलेज, इन्जिनियर कलेज, एम्स नेसनल कलेज, विकेभिएम विराटनगर, झापा विर्तामोड, राष्ट्रिय जनसहयोग कलेज तरहरा इटहरी रहेको छ ।

      बास्केटबल खेल प्रर्वद्धन तथा बास्केटवल खेलाडी उत्पादनमा सहयोग पुर्याउने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले पत्रकार सम्मेलनमा वताए । प्रतियोगिताका छात्रतर्फका विजेताले नगद ३० हजार, उपविजेताले नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । छात्रातर्फका विजेताले नगद २० हजार र उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरि व्यक्तिगत विद्यामा प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि उपाधि महिला पुरुष विजेताले जनहि नगद दुई हजार ५ सय र हाइस्कोररले जनहि दुई हजार रुपैया, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । उदयीमान खेलाडिले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

       प्रतियोगिताको फाइनल खेल अघि प्रकाश पौडेल महिला पुरुष थ्री–पोइन्ट कम्पिटिसन हुनेछ ।  कम्पिटिसनका विजेताले जनही नगद ३ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । थी्र पोइन्ट कम्पिटिसनका लागि धरान १५ निवासी नेपालका चर्चित गायक तथा पुर्व बास्केटवल खेलाडी प्रकाश पौडेलले प्रायोजन गरेका हुन ।

     धरान २ स्थित अल्फा विटा कोयोला एजुकेसन कन्सलटेन्सिको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको पत्रकार सम्मेलनमा वरिष्ठ पत्रकार हर्ष सुव्वा, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, अल्फा विटा म्यानेजिङ्ग डाइरेक्टर सन्जिव राई, अध्यक्ष लोकेन्द्र श्रेष्ठ, प्रदेश १ पुरुष टिम क्याप्टेन विवेक श्रेष्ठ, वास्केटवल संघका प्राविधिक युगल लिम्वु लगायतको उपस्थिति रहेको थियो ।