यूएईः नेपाली सांगीतिक कार्यक्रम गरेर कलाको तिर्शना मेटाउदै आएका  मध्यपूर्वका प्रवासी नेपाली मनोरञ्जन प्रेमी दर्शकहरुले अब नयाँनयाँ नेपाली चलचित्र हेर्दै आफनो फिलिमि तिर्सना मिटाउन पाउने भएका छन ।

नेपालसँगै नेपाली फिल्मलाई मध्यपूर्वका ६ वटा मुलुकमा एकसाथ रिलिज गर्न चलचित्र बिकास बोर्ड र वितरक रमेश ढकाल बीच सम्झौता भएको छ । चलचित्र विकास बोर्डले यूएईमा आयोजना गरेको नेपाल फिल्म फेस्टको समापनमा निप फिलिममा परोपाइट रमेश ढकाल र बोर्ड अध्यक्ष भुवन केसीबीच लिखित सहमति भएको हो । अब मध्यपूर्वका प्रवासी नेपालीहरुले एकसाथ नेपाली चलचित्र हेर्न आधिकारिक बाटो खुलेको हो ।

यो सम्झौता संगै मध्यपूर्वदेखि नेपाली फिल्मको औपचारिक रुपमा अन्तर्राष्ट्रियकरण सुरु भयो । सरकारको तर्फबाट बोर्ड अध्यक्ष भुवन केसी  र वितरकको तर्फबाट रमेश ढकालको कम्पनीबीच सहकार्य गर्ने सम्झौताको साक्षी बनेका थिए ,यूएईका लागि नेपालका राजदूत कृष्णप्रसाद ढकाल, गैरआवासीय नेपाली संघ, अध्यक्ष कुल आचार्य लगायत युएईका सामाजिक संघसस्थाका प्रतिनिधिहरु । 

दुबईको मल्टिप्लेक्स चेन स्टार सिनेमाजमा आयोजित समारोहमा रमेश ढकाललाई सम्मान समेत गरिएको थियो । ढकालका अनुसार मध्यपूर्वमा एउटा फिल्म रिलिज गर्न १० लाख रुपैयाँभन्दा बढी खर्च हुन्छ । मध्यपूर्वमा मात्र १५ लाख नेपालीको बसोबास रहेको तथ्यांक छ ।

५ वर्ष देखि मध्यपूर्व देशहरुमा चलचित्र नियमित प्रदशनी गर्दै आएका युवा रमेश ढकाल यदि राम्रैसंग ब्यबस्थापन गर्न सकियो भने चलचित्रको लगानी बिदेशमा रहेका नेपालीहरुको माझबाटै उठाउन सकिने अवस्थाको सिर्जना भैसकेको छ  । ढकाले बिदेशमा रहेका नेपालीहरुको कथा र मर्मलाई पनि छुन सकियो भने बिदेशमा रहेका नेपालीहरुका लागी चलचित्रले आफ्नो उपस्थिति झनै बलियो र स्थापित गर्छ भन्छन ।

रमेश ढकाल जस्तै नेपाली चलचित्रलाई माया गर्ने  केहि युवाहरुले अहिले आर्थिक जोखिम मोलेर बिदेशमा नेपाली चलचित्र बितरण गरिरहेका छन  । तसैले नेपाली चलचित्रले आफ्नो प्रर्दशनको पहुच र विस्तारलाई फराकिलो पार्न थालेको छ । नेपालमा रहेका सिमित हल र नेपालीहरु माझ मात्र खुम्चिरहेको चलचित्रको विदेश प्रर्दशनले प्राबिधिक रुपम आफ्नो बिकाश गर्दै प्रर्दशनको क्षेत्रलाई पनि बिस्तार गर्दै नेपाली भाषी बस्ने विस्वका बिभिन्न देशहरुमा प्रदशनी गर्ने चरन  बढेको छ ्र यसरि नेपाली चलचित्र  प्रर्दशनको क्षेत्र विस्तारले कलाकार र यो क्षेत्र संग आबद्धता जनाउनेहरुका लागी खुशी र प्रशन्नताको कुरा रहेको एनआरएन अध्यक्ष कुल आचार्यले बताउदै  एनआरएनको पनि चलचित्र पर्दशनमा सहयोग रहने प्रतिबद्धता जनाए ।